प्रहरीद्धारा १ किलो बढी यार्सा गुम्बा सहित एकजना पक्राउ,, अपिनम्पा संरक्षण क्षेत्रले जिम्मामा छोड्यो ।।

नयाँ नेपाल समाचार दार्चुला ।
दार्चुलामा १ किलो यार्सा तथा सतुवा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दुहू गाउँपालिका वडा नम्बर ५ घरभई हाल महाकाली नगरपालिका वडा नम्बर ४ बसने ६१ वर्षिय गगनसिँह महरलाई प्रहरीले १ किलो १सय २० ग्राम यार्सागुम्बा र २ सय ३५ ग्राम सतुवा सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले महरलाई उक्त परीमाणको जडीबुटी सहित आईतबार दार्चुला तिंकर सडक खण्डको राताकाँठा भन्ने स्थानबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटि गएको असई चन्द नेतृत्वको प्रहरी टोलीलाई महराई पक्राउ गरी अपिनम्पा संरक्षण क्षेत्र कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले पक्राउ गरेका महरालाई आबश्यक कारबाहीका लागि कागजात सहित अपिनम्पा संरक्षण क्षेत्रको जिम्मा लगाएको प्रहरीले जनाएको छ । 
अपिनम्पा संरक्षण क्षेत्र कार्यालयले गगनसिँह महरलाई आज आफन्तको जिम्मामा छोडेको सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो । महराबाट बरामद गरिएको १ किलो बढी यार्सा गुम्बा र सतुवा भने अपिनम्पा सरंक्षण क्षेत्र कार्यालयमै राखिएको छ । एउटा व्यापारीले अधिकतम ५ जनासम्म सहयोगी भनेर राख्न सक्ने भएकाले ती व्यापारीको नामको सूचिभित्र परेमा महरालाई छोडिने उहाँले बताउनु भयो । कालो खालको यार्सा भएकाले सक्कली यार्सा हो कि हैन भनेर एकिन गर्न परिक्षणका लागि काठमाण्डौ पठाउनु पर्ने र थप अनुसन्धान भइरहेको अपिनम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो । महरसंग यार्सा संकलन पुर्जी भएपनि छुटकारा पाउनेछन् ।