जापानले लियो ४ वर्षअघिको बदला, कोलम्बिया २-१ ले पराजित ।।

असार ५ ।

विश्वकप समूह ‘एच’ को पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ ले हराएको छ । जापानका लागि खेलको छैठौं मिनेटमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे ।

कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए । जापानी फरवार्ड ओसाकाको प्रहार कोलम्बियाका गोलरक्षकले रोकेका थिए । तर, बाउन्स बलमा कागावाको प्रहार कार्लोस सान्चेजले पेनाल्टी एरियामा हातले रोक्न पुगे । त्यससँगै पाएको पेनाल्टी सदुपयोग गर्दै जापानका कागावाले अग्रता दिलाएका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा जापानले बलमा धेरै नियन्त्रण बनाएको थियो । खेलमा ६२ प्रतिशत समय बल जापानको नियन्त्रणमा थियो । जापानले प्रहार गरेका १४ सटमा ५ सट पोस्टको दिशामा थिए । यस्तै खेलमा कोलम्बियाले प्रहार गरेका ८ सटमा ३ सट पोस्टको दिशामा थिए ।
कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । त्यसबेला समूह चरणमा कोलम्बियाले जापानलाई ४-१ ले हराएको थियो । समूह चरणको दोस्रो खेलमा आगामी १० गते राति पौने ९ बजे जापानले सेनेगलसँग र पौने १२ बजे कोलम्बियाले पोल्याण्डसँग खेल्नेछ ।

www.onlinekhabar.com बाट साभार गरिएकाे ।

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको