प्रधानमन्त्री ओली बेइजिङमा, भोलि चिनियाँ राष्ट्रपति भेट्ने ।।

५असार  । मंगलबार चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली राजधानी बेइजिङमा नेपाली दूतावासले गरेको कार्यक्रममा सहभागी भएका छन् । मंगलबार साँझ आयोजित कार्यक्रममा ओलीले नेपाल र चीनबीच कनेक्टिभिटी, ब्यापार तथा लगानी, पर्यटन, उर्जा र वातावरणको क्षेत्रमा द्विपक्षीय सहकार्य अझ बलियो बनाउने बताए । उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाली दूतावासको विच्याट एकाउन्टको पनि उद्घाटन गरेका बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका थिए । चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणमा चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च पदस्थ चिनियाँ अधिकारी र चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले स्वागत गरेका थिए । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा ११९ सदस्य छन् ।

टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला विज्ञ डा। राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा। राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा लगायत छन् । #अनलाइन खबर डटकमबाट साभार गरिएकाे ।

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री