स्पेनद्धारा इरान पराजित, डियगाे काेष्टाकाे गाेल महत्वपुर्ण ।।

७ असार। विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनले इरानलाई १-० ले हराएको छ । स्पेनको जितमा डियगो कोस्टाले ५४ औं मिनेटमा गोल गरे । त्यसको करिब १० मिनेटपछि इरानले स्पेनको पोष्टमा बल छिराए पनि त्यसले गोलको मान्यता पाएन । इरानका सेइद इजाटोलहीले हेडमार्फत बललाई जाली चुमाएका थिए । तर, रेफ्रीले त्यसलाई अफसाइड दिए । गोल गरेको भनेर सेइद र इरानका समर्थकहरुले गरेको सेलिब्रेसन खेर गयो । भिडियो रेफ्रीले अफसाइड करार गरेपछि उनीहरु निराश बने । त्यसपछि कुनै पनि गोल हुनसकेन र स्पेनले १-० को नतिजा निकाल्दै महत्वपूर्ण तीन अंक थप्न सफल भयो । समूह ‘बी’ मा स्पेनको चार अंक भएको छ । यसअघि स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेलेर एक-एक अंक बाँडेका थिए । समूह ‘बी’बाटै बुधबार रातिको खेल जितेको पोर्चुगलको पनि समान चार अंक छ । सोही समूहबाट मोरक्कोलाई हराएको इरानको तीन अंक छ । लगातार दुई खेल हारेको मोरक्को भने प्रतियोगिताबाट बाहिरिएको छ । अब समूह ‘बी’बाट स्पेन र मोरक्को तथा पोर्चुगल र इरान भिड्नेछन् । विजेता नकआउट चरणमा पुग्ने छ । समूह ‘ए’ बाट विश्वकप आयोजक रुस र उरुग्वे नकआउट चरणमा पुगिसकेका छन् ।

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको