हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,,
अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन कांग्रेस कार्यकर्तालाई निर्देशन दिएका छन् । विहान पत्रकार सम्मेल तथा महाकाली तटबन्धको अनुगमन पश्चात् कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाँट कार्यक्रमा मन्त्रीद्धयले देशमा बाम गठबन्धनले विजय हात पारे पनि हातोत्साहित नहुन निर्देशन दिएको हुन् ।
त्यस्तै प्रतिनिधिसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजय बेहोरे पनि पार्टी सुद्धृढिकरण गरेर अगाडी बढ्न निर्देशन दिएको कांग्रेस जिल्ला कार्यसमिति सचिव हरक विष्टले जानकारी दिनुभयो ।
कार्यकर्ता भेटघाँट कार्यक्रममा कृर्षि राज्य मन्त्री सरिता परसाई, सिचाई राज्यमन्त्री अमरसिँह पुन, कांग्रेस केन्द्रिय सदस्य बद्री पाण्डे लगायत कांग्रेस नेता कार्यर्ताको सहभागिता रहेको सचिव विष्टले जानकारी दिनुभयो । आजै मन्त्रीद्धय तथा राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी लगायतको टोली फर्किएको छ ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री