प्रहरीद्धारा एकैदिन दार्चुलाका २ ठाउँमा गाँजा खेती नष्ट ।।

नयाँ नेपाल समाचार दार्चुला ।
दार्चुलामा प्रहरीले जिल्लाका विभिन्न ठाउँमा गई गाँजा खेती नष्ट गरिदिएको छ । लागु औषध दुरुपयोग एबं ओसारपसार बिरुद्ध अन्तरराष्ट्रि दिवस बिरुद्ध आजदेखि साताब्यापी कार्यक्रम अन्तरगत जिल्लाका बिभिन्न स्थानमा गाँजा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिहिबार मार्मा गाउँपालिका वडा नम्बर १ गुल्जरकाे ताकु र महाकाली नगरपालिका वडा नम्बर ९ उडैमा लगाइएको गाँजा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

प्रहरीले स्थानियलाइ लागु औषध सम्बन्धी जनचेतनामुलक जानकारी गराउँदै अन्दाजी ५/६ रोपनी जमिनमा लगाएको गाँजा नष्ट गरिएको उहाँले बताउँनुभयो । लागु औषधविरुद्ध जनचेतना फैलाई अपराधिक गतिविधि कम गर्नका लागि यस विषयमा प्रहरी सक्रियताका साथ लाग्ने उहाँको भनाइ छ ।
दार्चुलाका विभिन्न क्षेत्रमा गाँजा अर्थात भाङ खेती गरी त्यसको बीउको अचार र पातबाट चरेश बनाउने गरेका छन् । कतैतिर खेती गरिन्छ भने कतैतिर वनमै फल्ने गरेको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य