मार्माका वडाध्यक्ष नै नेकपामा प्रवेश

नयाँ नेपाल समाचार दार्चुला ।
स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मार्मा गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा निर्वाचित वडाध्यक्षले आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष महादेवसिह डडाल नेकपा प्रवेश गरेका हुन् । नेकपाका नेता तथा प्रदेश सभासद् मानबहादुर धामीको प्रमुख आतिथ्यतामा मार्मा गाउँपालिका वडा नम्बर ३ च्युरानीमा आयोजना गरिएको विशेष कार्यक्रममा अध्यक्ष डडालले नेकपा प्रवेश गरेका हुन् ।
कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, नेकपा नेताहरु देवसिह महर, पानसिह धामीको समेत सहभागिता रहेको थियो ।