पाँच सय भारुको नोट बरामद, ५ दिनसम्म पनि आफुलाई जानकारी नभएको सिडियोको भनाई ।।

नयाँ नेपाल समाचार दार्चुला ।
सशस्त्र प्रहरीले दार्चुलामा पाँच सय भारतीय रुपैयाँका नोट बरामद गरेको छ । भारतको धारचुलाबाट दार्चुला सदरमुकाम ल्याउदैगरेको अवस्थामा असार ६ गते पुलघाटबाट सशस्त्र प्रहरीले विवेक बोहरालाई पक्राउ गरेको हो । 
२६ वर्षिय बोहरा महाकाली नगरपालिका वडा नम्बर ४ का वासिन्दा भएको प्रहरीले जनाएको छ । असार ६ गते अपरान्ह साढे ४ बजे समातिएका बोहरालाई प्रहरीले सोही दिन छोडिसकेको छ । धारचुलाको बैंकबाट भुक्तानी लिएको प्रमाण भेटिएपछि बोहरालाई छोडिएको दार्चुला प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो । 
सशस्त्र प्रहरीका असई केशरसिह धामीको टोलीले ५ सय दरका १ सय ९६ वटा नोट र एउटा दुइ हजारको भारु नोटसहित बोहरालाई समातेको थियो । सशस्त्र प्रहरीले त्यसैदिन नेपाल प्रहरीलाई जिम्मा लगाएकोमा प्रहरीले आवश्यक कागजपत्र भएको भन्दै छाडेको हो । पाँच दिनअघिको घटनाबारे बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले यसबारे आफुलाई थाहा नभएको बताउनुभयो । जबकी असार ८ गते सशस्त्र प्रहरीले लिखित रुपमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छ । 
जिल्लामा कुनै घटना हुँदा तत्काल मोबाइल वा मौखिक रुपमा जिम्मेवार अधिकारीहरुबीच सुचना आदानप्रदान हुने गर्दछ । सामान्य नागरिकले समेत सुरक्षा अधिकारीबारे यस्तै बुझाइ बनाएको हुन्छ । तर भारु नोट बरामद सम्बन्धि यो घटनाबारे अधिकारीहरुबीच सुचना आदान प्रदान साच्चिकै नभएको हो कि जानकारी लुकाउन खोजिएको हो ? गम्भीर प्रश्न उठेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीको भनाई छ । 
अमेरिकामा पढदै गरेका विकेक बोहरा घर आएको बेला बैंकबाट भारु साटेको विवेकका आफन्त कैलाशसिह बोहराले बताउनुभयो । प्रहरीलाई विद्यार्थी भिसा देखाएपछि रुपैयाँसहित विवेकलाई असार ६ गते नै छोडिएको थियो । 
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन