दार्चुलामा नयाँ पाँच सयको नोट,, नक्कली नोट भनी स्थानिय झुक्किदै ।।

नयाँ नेपाल समाचार दार्चुला ।
बजारमा पाँच सय रुपैयाँको नयाँ नोट आएको छ । पुरानो पाँससयको नोटामा २ ओटा बाघको चित्र रहेको थियो भने अहिले बजारमा आएको नयाँ पाँचसयको नोटमा एउटा मात्रै पाटे बाघको चित्र भएको नयाँ नोट आएको छ ।
बजारमा आएको नयाँ पाँच सयको नोटका कारण स्थानियहरु अन्यौलमा परेका छन् । विभिन्न ठाउँमा नक्कली नोट छाप्ने मेसिन र नोट छाप्ने गिरोह पक्राउ परेका खबरले स्थानियहरु अलमलमा परेका हुन् । पुरानो पाँचसयको नोटमा २ ओटा बाघ परिवर्तन गरि नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ पाँच सयको नोटमा एउटा मात्रै पाटे बाघको चित्र र पुरानो नोटको भन्दा रङ समेत फरक भएको दार्चुलाका स्थानिय व्यापारी नवराज  जोशीले बताउनु भयो । त्यस्तो नोट भेटिएपछि नक्कली भएको भन्दै अन्यौलमा परेको जोशीले बताउनु भयो ।
त्यस्तै जिल्ला सदरमुकाम खलंगामा होटेल व्यवसायी पुस्कर महताले ग्राहाकले त्यो नोट दिएको र नचलाएको बताउनु भयो । नयाँ पाँच सयको नोटको फोटो खिचेर राखेको तर उक्त नोट नक्कली भन्दै आफूले नलिएको बताउनु भयो । यसरी बजारमा नयाँ पाँच सयको नोट पुगे पछि धेरैजसो व्यक्तिहरु अलमलमा परेका छन् । नयाँ बजारमा आएको पाँचसयको नोटले अन्यौलता सृजना भएको होटेल व्यवसायी पुस्कर महताले बताउनु भयो । यस्तै आज मात्रै बैंकबाट निकालेका २ लाखको गड्डीमा केही त्यस्ता एउटा मात्रै पाटे बाघ भएका पाँच सयका नोट भेटिएको अर्का स्थानिय कम्मानसिँह ठगुन्नाले बताउनु भयो । नोट नक्कली हो कि सक्कली भनि पहिचान गर्न नोट नै चाहिने नेपाल राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बैशाख १२ गते देखि पाँच सयको नोटमा केहि परिवर्तन गरेर चलनचल्तिमा ल्याएको थियो । पुराना नोटमा भएको दुई बाघलाई परिवर्तन गरि नयाँ नोटमा एउटा मात्र पाटे बाघको चित्र राखिएको राष्ट्र बैंकले जनाएको छ । नयाँ चलनचल्तीमा आउने नोट ङ ४६०००००१ नम्बर देखि छ ४०९९९९९९सम्मको नम्बर रहने नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयले जनाएको छ ।
बैंकले नोटको बायाँतर्फ सगरमाथा हिमाल, दायाँ लालीगुराँसको पानी छाप, तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत बोर्डरमा सिरिएल नम्बर, ३.५ मि.मी चौडा भएको रंग परिवर्तन हुने र कुबेरको चित्र भएको र फरक क्षमता भएका (दृष्टिबिहीनहरु)ले पनि छामेर पत्ता लगाउन सक्ने खालको हुने जानकारी गराएको छ ।
नोटको पछाडिको भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंकलेखिएको, तल्लो भागमा रुपिज फाइभ हन्ड्रेड र अंग्रेजिमा २०१६ एडि लेखिएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य