नदी किनारका बस्ती तारजाली तटबन्धको भरमा,, भारतको पक्की तटबन्धका कारण नेपालतिर जोखिम ।।

नयाँ नेपाल समाचार दार्चुला ।
दार्चुलाका नदी किनारका बस्ती तारजाली तटबन्धको भरमा रहेका छन् । मुख्यगरी महाकाली नदी किनारका दर्जनौ बस्तीहरु तारजाली तटबन्धको भरमा टिकीरहेका छन् ।
२०७० सालमा आएको महाकाली बाढीले दार्चुलामा नदी किनारका बस्तीहरुमा ठुलो क्षेति गरेपश्चात् जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्न लागिएको छ । तर सदरमुकाम भन्दा तल्लो तटी क्षेत्रका बस्तीहरु भने अझै तारजाली तटबन्धको भरमा टिकेका छन् । वर्षात्को बेलामा महाकाली नदीको बहाव र बेगले कटान गर्ने पीरले नदी  किनारका स्थानियलाई निद्रा नै नलाग्ने मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजीविका स्थानिय सीता चुनाराले दुखेसो पोखे । २०७० सालको महाकाली बाढी पश्चात् महाकाली नगरपालिकाको नदी किनारका बस्तीहरु किम्तडी, धाप, दत्तु, काँकडा, असीगडा मालिकार्जु गाउँपालिकाको जौलजीवि, उकु लगायतका बस्तीका स्थानियहरु महाकालीको त्रासमा रहेका छन् ।
भारततिर पक्की तटबन्ध र नेपालतिरको कमाजोर खालको तारजाली तटबन्धले गर्दा झन् त्रासमा स्थानियहरु छन् । महाकाली नदीको बेग भारततिर गएपनि भारततिर पक्की तटबन्धका कारण नदीको धार परिवर्तन भई नेपालतिर बढी क्षेति हुने गरेको जौलजीविका अर्का स्थानिय आशा धामीले बताउनु भयो । भारतको पक्की तटबन्धको सामना गर्ने नेपालतिर तारजालीको तटबन्ध निर्माण गरिपनि वर्षेनी नदीले बगाएर लग्ने गरेको छ ।
खलंगाबासीले महाकाली नदीको त्रास केही कम भएपनि तल्लो तटीय क्षेत्रका बासिन्दाहरुको त्रास जीवितै छ । महाकाली नदी नियन्त्रण आयोजनाले सदरमुकाम क्षेत्रमा तटबन्ध निर्माण गरेपश्चात् जौलजीविसम्म पक्की तटबन्ध निर्माण गर्ने जनाएको छ । पक्की तटबन्ध निर्माण नगरिदाँसम्म जौलजीविका स्थानियहरुले ढुक्कले सुत्न पाउने अवस्था नरहेको स्थानियहरुको भनाई छ ।
असारे झरी जौलजीविका स्थानियलाई पीरलो : दिनभरी कामको थकाई रातभरी महाकालीको त्रास 
सबैतिर अहिले धान रोप्ने तथा मकै गोड्ने जस्तो कृषि क्षेत्रमा कामको चटारो छ । यस्तै दार्चुलाका विभिन्न क्षेत्रहरुमा पनि धान रोप्ने तथा मकै लगायतका वर्खे बालीहरु लगाउने खेतपातीको काममा स्थानिय व्यस्त रहेका छन् ।
दार्चुलाका बेँशीतिर धान रोप्ने काम चलिरहेका छ भने पहाडी र हिमाली क्षेत्रमा धान मकै गोड्ने अन्य वर्खे बाली गोड्ने कामको चटारो बनेको छ । यस्तै मालिकार्जुन गाउँँपालिका वडा नम्बर ७ जौलजीवि क्षेत्रका स्थानियहरु पनि यति बेला खेतीपातीको काममा व्यस्त छन् । दिनभरी खेतको कामले थाकेको शरीर ओछ्यानमा पल्टियो कि भुसुक्कै निदाउने बेला हो तर जौलजीविका स्थानियलाई भने निन्द्रा नै नलाग्ने स्थानिय महिलाहरुको दुखेसो छ ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ अन्तरगत रहेको जौलजीवि बस्तीका स्थानियहरु असारको पारिलो घाँममा दिनभरी खेतको कामले थाकेका हुन्छन् भने रातभरी महाकाली नदीको त्रासले जस्काउने गरेको छ । जौलजीविका स्थानियहरु अहिले ढुक्कले सुत्न सक्ने अवस्था छैन । दिनभरी खेतको काममा पसिनाले निथ्रुक्क भिजेका जौलजीविका स्थानियहरुलाई निन्द्रा प्यारो भएपनि महाकाली नदीको त्रासले निन्द्रा नै नपर्ने स्थानिय आशा धामीले बताउका छन् ।
भारततिरको जस्तै नेपालतिर पनि पक्की तटबन्ध निर्माण गरिरएको भए जौलजीविबासीलाई यस्तो त्रासबाट मुक्ति पाउने मालिकार्जुन ७ जौलजीविका स्थानिय निर्मला चन्दले बताए । भारततिर पक्की तटबन्ध र नेपालतिर कमजोर खालको तारजाली तटबन्ध भएकाले पनि आफूहरु महाकाली बाढीको त्रासमा रहेको निर्माला चन्दले बताए ।
असारे झरीमै धान रोप्ने कामको चटारो भएका र असारे झरीमै महाकालीमा पानीको बहाव बढ्ने भएकाले जौलजीविबासीलाई दिनभरी कामको चटारो रातभरी महाकालीको पीरलो हुने गरेको छ । पहिले–पहिले सोही जमिनमा फलेको अन्न बेचेर घर खर्च चलाउने गरेकोमा अहिले महाकाली नदीले खेती योग्य जमिन नै कटान गरिदिएपछि खाद्यन्न किन्नु पर्ने अवस्था आएको अर्का स्थानिय अहिल्या चन्दको भनाई छ ।
प्रकोपको दोहोरो निशानामा जौलजीवि
मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजीविको घोडेबगर लगायतका बस्ती प्राकृति प्रकोपको दोहोरो निशानामा रहेको छ । बस्तीतल तिर बग्ने महाकाली नदी र बस्ती माथि निर्माणधीन भर्ताेला–सेरा सडक खण्डका कारण पहिरोको त्रास स्थानियहरुमा छ ।
भारतको पक्की तटबन्धमा ठोक्किएर धार परिवर्तन गर्ने महाकाली नदीले तटीय क्षेत्रमा रहेको खेतीय योग्य जमिन कटानी गरिरहेका छ भने बस्ती माथि निर्माणधीन सडक निर्माणका कारण पहिरो खस्ने जोखिम मोल्नु परेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का निर्मला चन्दले बताउनु भयो ।
“माथि बाटा पहिरो खस्ने डर, तलतिर महाकाली नदीले कटान गर्ने दोहोरा त्रासमा वर्षात्को सयम जान्छ” स्थानिय बसन्ती पार्कीले भन्नु भयो । निर्माणाधीन सडकबाट वर्षा भएको बेला पानीको भेल मिसिएर खोलाको रुपलिई घरमाथि पस्ने गरेको र तलतिर महाकाली नदीले कटान गर्ने गरेकाले वर्षायामको ३÷४ महिना त्रासै त्रासमा जानेको गरेको मानमति पार्कीले गुनासो गर्न गर्नु भयो ।