सुदुरपश्चिमको पर्यटनमा पूर्णागिरि र सिद्धबाबा 

मैले शुक्लाफाँटा वन्यजन्तु आरक्षछेउमा जंगल रिसोर्ट शुरु गर्दा एक करोड लगानी गरेको थिएँ । चार वर्षमा बढाएर डेढ करोड पुर्‍याएको छु । शुरुवाति दिनमा लगानीबाट प्रतिफल आउने निश्चय थिएन । भारत र तेस्रो मुलुकका पर्यटक बढ्दै जाँदा लगानी थप्ने उत्साह पनि पलाएको छ ।

प्रदेश(७ र ६ का पर्यटकीय गन्तव्य समेटर ‘प्याकेज’ बिक्री गर्दै गर्दा व्यवसायीले सम्भावनाको ढोका खुल्दै गरेको महशुस गर्न थालेका छन् । तथापि, प्रशस्त खर्च गर्ने पर्यटक भित्र्याउन सकेका छैनौं । पूर्वाधार अभावमा अहिले कम खर्चिला पर्यटकलाई मात्र आकषिर्त गर्न सकिरहेका छौं ।

मुख्य प्रवाहका रुपमा भारतीय पर्यटक नै अधिक हुने गरेका छन् । तर, उनीहरुले भारतमै धेरै रकम सिध्याइसकेका हुन्छन् । यता आइपुग्दा रकम सकियो भन्नेहरुको संख्या अधिक हुन्छ । खर्च गर्न चाहनेहरु पनि नआउने होइनन् । तर, उनीहरुका लागि त्यसअनुसारका सुविधा उपलब्ध गराउन सकेका छैनौं ।

भारततर्फको पूर्णागिरि मन्दिरमा आउने दर्शनार्थीले नेपालतर्फको सिद्धबाबामा दर्शन नगरी आफ्नो धार्मिक यात्रा पूर्ण नहुने जनविश्वास छ । टनकपुरबाट मात्र ३० किलोमिटर पश्चिममा पर्छ, पूर्णागिरि । पूर्णागिरि र सिद्धबाबाबीचको दूरी १८ किमि मात्र छ ।

पूर्णागिरि दर्शनका लागि वार्षिक १५ देखि २० लाख तीर्थालु आउँछन्, तीमध्ये करिब पाँच लाखलाई मात्र सिद्धबाबासम्म ल्याउन सकिएको छ, भीमदत्त नगरपालिकामा पर्ने सिद्धबाबा मन्दिर भारतको सीमाबाट पाँच किमि पूर्वतर्फ अवस्थित छ

पूर्णागिरि दर्शनका लागि वार्षिक १५ देखि २० लाख तीर्थालु आउँछन् । तीमध्ये करिब पाँच लाखलाई मात्र सिद्धबाबासम्म ल्याउन सकिएको छ । भीमदत्त नगरपालिकामा पर्ने सिद्धबाबा मन्दिर भारतको सीमाबाट पाँच किमि पूर्वतर्फ अवस्थित छ । अहिलेलाई भारतीय पर्यटकसँगको हाम्रो कनेक्सन यी दुई मन्दिरबीचको धार्मिक सम्बन्धमा आधारित छ ।

यद्यपि, पर्याप्त प्रचारप्रसारमा जाने हो भने यहाँ प्रशस्त भारतीय पर्यटक भित्र्याउन सकिने प्रचुरता छ । र, त्यसमा राज्यको लगानी अत्यावश्यक छ ।

अहिले भारतका दिल्ली, हरियाणा, बरेली, हरिद्वार, देहरादूनलगायत क्षेत्रका बासिन्दा आउने गरेका छन् । हामीले भारतीय व्यवसायीहरुसँग पनि समन्वय गर्ने गरेका छौं । र, एकअर्काका प्याकेज पनि बिक्री गर्दै आएका छौं ।

शारदा ब्यारेजको पुलको ढोका खुल्ने र बन्द गर्ने समयका कारण पनि अपेक्षाकृत प्रगति हासिल हुन सकेको छैन, अहिले । महाकालीमा फराकिलो पक्की पुल निर्माण नहुञ्जेल हाम्रो प्रयास मात्र पर्याप्त छैन ।

शुक्लाफाँटादेखि रारासम्म

अहिले हामीले मुख्यतया शुक्लाफाँटाको प्याकेज बिक्री गरिरहेका छौं । पाँचदिने प्याकेजमा शुक्लाफाँटा र आसपासका गन्तव्यमा घुमाउने गरेका छौं, पर्यटकलाई ।

वेदकोट र झिलमिला ताल तथा राना थारु होमस्टे र महाकाली नदीमाथिको झोलुंगे पुल यही प्याकेजमा पर्छन् ।

चार सय २४ प्रजातिका चराको वासस्थान हो, शुक्लाफाँटा । संसारकै ठूलो झुण्डमा बाह्रसिंगा हेर्न पाइन्छ । हात्ती, गैंडा र बाघसँग ‘इन्काउन्टर’ हुन्छ । शुक्लाफाँटा एसियाकै ठूलो घाँसे मैदान पनि हो । सानो क्षेत्र भइकन पनि बाघको ठूलो संख्या रहेको नेपालको एक मात्र संरक्षित क्षेत्र हो यो ।

रैथाने हात्तीको प्रमुख वासस्थान पनि हो, शुक्लाफाँटा । पछिल्ला वर्षमा यहाँ गैंडाको संख्या उल्लेख्य छ । जंगल सफारीमा खरमयुर हेर्न पाइन्छ । हिउँदमा साइबेरियाबाट जाडो छल्न आउने चराहरु प्रशस्त देख्न पाइन्छ ।

अमेरिकी र युरोपेली पर्यटक शुक्लाफाँटाको जंगल सफारीमा रमाउने गरेका छन् । तर, तेस्रो मुलुकका पर्यटकको आवागमन न्यून छ । गड्डाचौकी नाकामा स्टाफहरु पठाएर ‘कन्भिन्स’ गर्दै उनीहरुलाई शुक्लाफाँटाको शयर गराउनमै केन्द्रित छौं अहिले ।

हाम्रो प्याकेज यतिमै सीमित भने छैन । शुक्लाफाँटादेखि शुरु भएको यात्रा, खप्तड, रामारोशन, वैद्यनाथ धाम, त्रिपुरासुन्दरी, बडिमालिका, शैलेश्वरी र उग्रतारा हुँदै रारासम्म पुगेर टुंगिन्छ ।

महेन्द्रनगरबाट खप्तड तीन सय र रारा ताल ६ सय किमि दूरीमा पर्छन् । यहाँबाट खप्तडका लागि पाँचदेखि ६ रातको प्याकेज छ । आन्तरिक पर्यटकलाई जनही २० हजार रुपैयाँ पर्छ । रारासम्म पुग्दा भने २५ हजार रुपैयाँ लिने गरेका छौं ।

दुवै गन्तव्य जोड्ने गरी स्तरीय प्याकेज बनाउन सक्दा जनही ५० हजार रुपैयाँसम्म खर्च गर्ने पर्यटक भित्र्याउन सकिन्छ ।

हामीले वर्षमा खप्तडसम्म सय र शुक्लाफाँटामा करिब एक हजार पर्यटक घुमाउने गरेका छौं, अहिले । खप्तड र रारासम्म पर्यटक लैजान होटेल र गेस्टहाउसको राम्रो विकल्प तयार भएकै छैन ।

विकट जंगल क्षेत्रमा निजी क्षेत्रले प्रशस्त लगानी गर्न सक्दैन । राज्यका तर्फबाटै पूर्वाधार विकास अपरिहार्य देखिएको छ । निश्चित क्षेत्रसम्म सडक र त्यसभन्दा माथि स्तरीय पदयात्रा मार्ग आवश्यक देखिएको छ ।

सम्भावनाको अथाह भण्डार

शुक्लाफाँटादेखि अपी, नाम्पा र शैपाल हिमाल प्रदेश(७ को पर्यटन प्रबर्द्धनका लागि ठूलो सम्भावना रहेका क्षेत्र हुन् ।

शैपालको उचाइ सात हजार ३१ मिटर छ । अपीको उचाइ सात हजार एक सय ३२ मिटर हो । यस्तै, नाम्पा हिमाल ६ हजार सात सय ५५ मिटर अग्लो छ । जेठी बहुरानी ९६,८५० मिटर० र बोबायी ९६,८०८ मिटर० हिमाल पनि छन्, यहाँ ।

हिमाली क्षेत्रसम्म पूर्वाधार विकास हुन सकेको छैन । त्यसैले अहिले हामीकहाँ पनि हिमाल छन् है भन्नलाई मात्र सहज छ । पर्यटक पुर्‍याउन सकिएको छैन ।

खप्तड राष्ट्रिय निकुञ्ज प्रदेश(७ कै शोभा हो, जहाँ १५ प्रजातिका गुराँस पाइन्छन् । रामारोशन र बडिमालिकाका पहाडी क्षेत्रलाई पनि भविष्यमा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने सम्भावना छ ।

मानसरोवर नजिकमा पर्ने भएकाले दार्चुला र बझाङको मार्ग खोल्न सकिन्छ ।

वैद्यनाथ धाम, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी, मल्लिकार्जुनलगायत थुप्रै मठमन्दिर प्राचीन सभ्यता र संस्कृतिका मुहान हुन् ।

तराईमा पर्यटक निम्त्याउन सकिने अर्को सम्भावनाको जिल्ला हो, कैलाली । मुलुकमै सबैभन्दा बढी ताल र पोखरीको जिल्ला हो यो ।

महाभारत कालभन्दा पहिलेदेखिकै पवित्र धार्मिक स्थल मानिने घोडाघोडी ताल र त्यसलाई केन्द्रमा पारेर फैलिएको रामसार क्षेत्र आन्तरिक पर्यटकको मुख्य आकर्षण बनेको छ ।

डडेल्धुरा र बैतडी पनि पर्यटनको सम्भावना भएका जिल्ला हुन् । बैतडीमा एसियाकै ठूलो भनिएको पाताल भुवनेश्वर गुफा छ ।

अछाम, डोटी, बाजुरा, बझाङ, दार्चुला, बैतडी र डडेलधुरासम्म पनि आन्तरिकरबाह्य पर्यटन प्रबर्द्धन गर्न सकिने प्रशस्त सम्भावना छ ।

डोटीको झिगानाबाट खप्तड पुगेर बझाङको लोफडा भन्ने ठाउँबाट फर्किन सकिने एउटा रुट पहिचान गरेका छौं । उक्त रुटको बीच(बीचमा केही बस्ती पनि छन् । बरु, खप्तडमै चाहीं सेनाको ब्यारेक र एउटा अव्यवस्थित अतिथि गृहबाहेक केही सुविधा छैन ।

एक पटक पुगेको मानिस दोहोर्‍याएर खप्तड जान नरुचाउनुको कारण पनि त्यही हो ।

सरकारले आवश्यक पूर्वाधार तयार पारिदिएर निजी क्षेत्रलाई लगानीका लागि ढोका खोलिदिन सक्छ । तर, ४र५ वर्षसम्म प्रतिफल नआउने क्षेत्र भएकाले सरकारले व्यवसायीलाई सहुलियत ऋण उपलब्ध गराउन सक्नु पर्छ । र, पूर्वाधार निर्माणका लागि आवश्यक जमिन पनि सरकारले उपलब्ध गराइदिनु पर्छ ।

अहिले नै साना व्यवसायीलाई लगानी गर्न सक्ने अवस्था छैन । बाहिरका ठूला व्यवसायी पनि आकर्षित हुन सकेका छैनन् । अहिले ठूलो लगानी गर्छु भनेर कोही कस्सियो भने घरखेत सबै बिक्री गर्नुपर्ने अवस्था छ ।

हामीलाई यस्तो सरकारी नीतिको आवश्यकता छ, जसका कारण हामीले आफ्नो सम्पत्ति बिक्री गर्नु नपरोस् । त्यस्तो वातावरण बन्यो भने प्रदेश(७ कै धेरै व्यवसायी पर्यटनमा लगानी गर्न तयार हुन सक्छन् ।

नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्तअन्तत्र्रिmया कार्यक्रम सम्पन्न

दार्चुला समाचार ,, नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्त आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय सरकारमा मिडियाको भूमिका विषयक

चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन् ,,दार्चुलाबासीलाई हर्ष न विस्मात् ।।

दार्चुला समचार ,, ११ वर्ष वर्ष पश्चात् निर्माण सम्पन्न भई चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरिएको छ । तर चमेलियाको बिजुली दार्चुलाबासीले

एउटै योजनाको सुरुवात गर्ने र उद्घाटन गर्ने पहिलो व्यक्ति मै हुँ ः देउवा ।।

दार्चुला समाचार ,, प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको सुरु आफुले गरेको बताउदै आफुले नै आयोजनाको उदघाटन गर्ने अवसर पाएको

कहाँ चुक्यौं हामी ?

पदम बडाल , दार्चुला  राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको चमेलिया जल विद्युत आयोजनाको उद्घाटन भई रहँदा दार्चुलाबासीहरुले चमेलियाको बिजुली बाल्न