छुट्टा छुट्टै दुर्घटनामा परी दार्चुलाका ८ जना घाइते

नयाँ नेपाल समाचार दार्चुला ।
दार्चुलाको धापमा जीप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । धापबाट सदरमुकाम खलंगा आउदै गरेको म १ ज २६८ नम्बरको जीप मंगलबार धापमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धापबाट खलंगाका लागि आएको जीप महाकाली नगरपालिका वडा नम्बर ७ स्थित मालिकार्जुन मावि धापको पर्खालमा ठोक्किएर जीप दुर्घटना भएको हो । सडकबाट झन्डै २ मटिर पर विद्यालयको पर्खालमा जीप ठोक्दिा जीपमा सवार ६ जना घाइते भएका छन् भने विद्यालय पर्खालमा पनि क्षेति भएको छ ।
घाइते हुनेहरुमा महाकाली नगरपालिका वडा नम्बर ७ का रमेश रैखोला, प्रतिभा जोशी, कुमकुम महर, यतराम तिरुवा, महाकाली नगरपालिका वडा नम्बर ८ बस्ने रुबसी धामी र राजेश्वरी धामी गरी ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते हुनेमध्ये कुमकुम महर, राजेश्वरी धामी एतराम तिरुवा, रुबसी धामी गरी ४ जनालाई सामान्य चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भइ डिसचार्ज गरिएको छ । यस्तै रमेश रैखोला र प्रतिभा जोशीको भने जिल्ला अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलबारै बेलुकी मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर धामीगाडा भन्ने स्थानमा बसबाट झर्ने बेला एक जनाको खुट्टामा गहिरो चोट लागेको छ । दार्चुलाबाट महेन्द्रनगर जादै गरेको ना ५ ख ५३०५ नम्बरको बसबाट ओर्लिने बेला मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुरका चक्रसिँह धामीको देब्रे खुट्टामा गहिरो चोट लागेको मालिकार्जुन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भक्तबहादुर मल्लले जानकारी दिनुभयो ।
बस व्यवसाय समिति र पीडित पक्षबीच सहमती पश्चात् घाइते धामीको उपचारका लागि धनगढी पठाइएको प्रहरी सहायक निरीक्षक मल्ले बताउनु भयो । घाइते धामीको सबै उपचार खर्च बस व्यवसायी समितिले बोहोर्ने दुबै पक्षबीच सहमती भएपछि गाडीलाई छोडिएको मालिकार्जुन प्रहरी चौकीले जनाएको छ ।
मंगलबारै मोटर साइकल अनियन्त्रित हुदाँ मोटर साइकल चालक महाकाली नगरपालिका वडा नम्बर ६ बस्ने जेनिस जोशी घाइते भएका छन् । महाकाली नगरपालिका वडा नम्बर ७ धापमा से २ प ४९२३ नम्बरको मोटर साइकल अनियन्त्रित हुदाँ घाइते जोशीको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।