मदिरा व्यवस्थित र नियमनबारे सदरमुकामका होटेल व्यवसायीहरुसंग छलफल ।। 

नयाँ नेपाल समाचार दार्चुला ।
जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा रहेको होटेल व्यवसायीहरु संग मदिरा नियन्त्रण तथा नियमन सम्बन्धी छलफल भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रका होटेल व्यवसायीहरुसंग मदिरा व्यवस्थित र नियमन गर्ने बारे छलफल तथा अन्तरक्रिया गरिएको हो ।
टोल टोलमा प्रहरी कार्यक्रम अन्तरगत आज जिल्ला प्रहरी कार्यालय दार्चुलाले सामाजिक विकृति तथा उच्छृङखल गतिविधिहरु नियन्त्रण, अबैध मदिरा पूर्ण नियन्त्रण तथा मदिरा विक्री वितरणलाई नियमन तथा व्यवस्थित गर्ने उद्देश्यले छलफल तथा अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मदिराका कारण समाजमा विभिन्न विकृति निम्तिने भएकाले अबैध मदिरा पूर्ण नियन्त्रण तथा मदिरा बिक्री वितरणलाई नियमन र व्यवस्थित गर्ने बारे सदरमुकाम क्षेत्रका होटेल व्यवसायी तथा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।