अपिनाम्पाका हाकिमको कर्मचारीमाथि ‘गलत नियत’,  कालोमोसो दल्ने चेतावनीपछि मागे माफी ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले आफ्नै कार्यालयका कर्मचारीसंग अभद्र व्यवहार गरेका छन् । कर्मचारीसंग अभद्र व्यवहार गरेकोमा अपिनाम्पाकै कर्मचारी विरोधमा देखिएपछि उपाध्यायले माफी मागेका छन् । 
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा कार्यरत महिला कर्मचारीमाथि ‘गलत नियत लगाउने’ र ‘दुव्र्यवहार’ गरेको भन्दै कर्मचारीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकलाई लिखित उजुरी नै पठाएका छन् । असार १७ गतेको मितिमा अपिनाम्पामा कार्यरत १९ जना कर्मचारीको दस्तखतसहित ‘आवश्यक कारवाही’ गर्न महानिर्देशकलाई निवेदन दिइएको छ । 
गेमस्काउट, रेन्जर, लेखा, प्रशासन सबै फाँटका कर्मचारीले प्रमुख संरक्षण अधिकृत उपाध्यायलाई कारवाहीको माग गरेका छन् । अपिनाम्पा संरक्षण क्षेत्र परिषद्लाई समेत ‘आवश्यक कारवाहीको लागि पहल गरिदिन’ बोद्धार्थ निवेदन दिइएको स्रोतले बतायो । 
विभागमा पठाइएको निवेदन महानिर्देशकको सचिवालयमा पुगिसकेको एक कर्मचारीले बताए । असार १७ गते कर्मचारीहरुले लिखित निवेदन दिएपछि प्रमुख संरक्षण अधिकृतले कर्मचारीसंग छलफल गरी माफी मागेका छन् । सबै कर्मचारीसंग छलफल गरी प्रमुख संरक्षण अधिकृत उपाध्यायले ‘आफुबाट गल्ती भएको स्वीकारेका हुन्’ अपिनाम्पामा कार्यरत एक कर्मचारीले भन्नुभयो । 
ती कर्मचारीका अनुसार उपाध्यायले आफुबाट गल्ती भएको स्वीकार्दै लिखित रुपमा माफी समेत मागेका छन् । ‘कर्मचारीसंग माफी नमागेको भए कालोमसो दल्ने तयारी थियो’ कारवाहीको माग गर्दै लेखिएको निवेदनमा हस्ताक्षर गर्नेमध्ये एक कर्मचारीले भन्नुभयो । असार १८ गते अपिनाम्पा कार्यालयमै प्रमुख संरक्षण अधिकृत उपाध्यायले कर्मचारीसंग लिखित रुपमा माफी मागेका हुन् । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा असार १९ गते अपिनाम्पाका प्रमुख संरक्षण अधिकृतको विषयमा बैठक भएको स्रोतले बतायो । महानिर्देशक मनवहादुर खडका आफैले यसबारे चासो राखेको अपिनाम्पाका एक कर्मचारीले बताउनुभयो । उहाँका अनुसार विभागको प्रशासन फाँटमा महानिर्देशकले केही निर्देशनसमेत दिइसकेका छन् । तर महानिर्देशकले के निर्देशक दिए भन्ने खुल्न नसकेको कर्मचारी बताउँछन् । 
२०७२ चैत्र २१ गते प्रमुख संरक्षण अधिकृतमा कार्यरत भूमिराज उपाध्यायलाई पहिलो पटक महिला कर्मचारीमाथि गलत नियत राखेको र दुव्र्यवहार गरेको आरोप लागेको हो । उपाध्यायले मोबाइलमार्फत महिला कर्मचारीलाई गलत र अश्लिल सन्देश पठाउने गरेको कर्मचारीको आरोप छ ।
सामाजिक प्रतिष्ठामा आँच आउने डरले महिला कर्मचारीले थप कारवाही प्रक्रिया अगाडि बढाउन नखोजेको अपिनाम्पाका एक कर्मचारीको भनाई छ । ‘कर्मचारी स्टाफ आफु सही छन्, कार्यालय प्रमुखले गलत नियत राखेको हो, यो विषयलाई अगाडि बढाउन खोजिएको छैन’ ती कर्मचारीले भन्नुभयो ।
अपिनाम्पाका कर्मचारीहरुले तत्काल कार्यालय प्रमुखको सरुवा देख्न चाहेका छन् । गम्भीर आरोप लागेको र कार्यालय प्रमुख आफैले गल्ती स्वीकारेपछि उहाँको तत्काल सरुवा हुने कर्मचारीको अनुमान छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य