तिंकर सडकमा जिलेटिन पुग्यो तर प्रयोग भएन, जिलेटिन प्रयोगको सुरक्षामा सेना परिचालन हुने व्यवस्थाले ढिलाई ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
करिब दुई वर्षदेखि विस्फोटक पदार्थको अभावमा निर्माण बन्द रहेको दार्चुला तिंकर सडकका लागि विस्फोटक पदार्थ दार्चुलासम्म ढुवानी भएको १५ दिन बितेको छ । दुई हप्ताअघि दार्चुलामा ढुवानी गरिएको जिलेटिनको प्रयोग गर्न भने सकिएको छैन ।
नेपाली सेनाको सुरक्षामा जिलेटिनको प्रयोग हुने भएपछि सडक निर्माणले गति लिन सकेको छैन । दुई वर्षदेखि नेपाली सेनाले तिंकर सडकका लागि पूर्व सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसकेपछि सडक निर्माण प्रभावित बन्दै आएको छ । पछिल्लो समय बझाङ जिल्लामा निर्माणाधिन कालांगाड जलविद्युत आयोजनाबाट ९ दशमलव ३ मेट्रिक टन अर्थात ९ हजार ३ सय किलोग्राम जिलेटिन तिंकर सडकका लागि सापट ल्याइएको छ ।
असार १० गते दार्चुला पुर्याइएको जिलेटिन सडक निर्माणमा प्रयोग हुन भने सकेको छैन । यसअघि नेपाल प्रहरीको टोलीको सुरक्षा व्यवस्थापनमा जिलेटिन प्रयोग हुँदैआएकोमा पछिल्लो समय नेपाली सेनाको सुरक्षा घेरामा मात्रै विस्फोटक पदार्थको प्रयोग हुने भएको छ ।
सुरक्षा संवेदनशीलताका कारण नेपाली सेनाको सुरक्षा घेरामा जिलेटिनको प्रयोग हुने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । जिलेटिन प्रयोग हुने क्षेत्रमा नेपाली सेनाको टोली नै परिचालन गर्नुपर्ने भएकाले केही समय बढी लागेको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र साहको भनाई छ ।
जिलेटिनको प्रयोगमा नेपाली सेना जादा आवश्यक सुरक्षा व्यवस्थापन तथा सेनाको टोलीको वासस्थान, खानालगायतको व्यवस्थापनको गृहकार्य भइरहेको जिल्लास्थित सुरक्षा स्रोतले बतायो । ‘फिल्डमा सेनाको टोली खटाउन आवश्यक सुरक्षा व्यवस्थापन योजना बनाउनुपर्छ’ सुरक्षा स्रोतले भन्यो, ‘यसका लागि केही दिन अझै लाग्न सक्छ ।’
व्यास गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले भने तत्काल जिलेटिनको प्रयोग गरी सडक निर्माणलाई गति दिनुपर्ने बताएका छन् । आइतवार अध्यक्ष बुढाथोकीले दार्चुला तिंकर योजना प्रमुख र प्रमुख जिल्ला अधिकारीसंग यसबारे छलफल गर्नुभएको छ ।
लामो कसरतपछि सापट लिएर दार्चुला पुर्याएको जिलेटिनको तत्काल प्रयोग हुनुपर्नेमा व्यास गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले जोड दिनुभएको छ । ‘हामीले धेरै प्रयास गरेपछि मात्रै जिलेटिन आएको हो, अब सडक निर्माणले गति लिनुपर्छ’ अध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘सडक निर्माणमा ढिलाई गर्नु हुँदैन भनेर आवाज उठाइरहेका छौ ।’
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य