६ ओटा भालुको पीत्त सहित २ जना पक्राउ ।।

नयाँ नेपाल समाचार, असार २५ दार्चुला ।
दार्चुलामा ६ थान भालुको पीत्त सहित २ जना पक्राउ परेका छन् । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ६ पन्तोली बस्ने वर्ष ३६ का मानसिँह धामी र हुम्ला जिल्ला सिमिकोट गाउँपालिका ७ बस्ने २६ वर्षिय रेकश शाहीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो ।
व्याँसका मानसिँह धामीले झोलामा ६ थान भालुको पीत्त बोकी हिडी रहेको अवस्थामा महाकाली नगरपालिका ४ बंगाबगडबाट प्रहरी सहायक निरीक्षक भानसिँह चन्द नेतृत्वको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो । धामीलाई सोधपुछ गर्दा हुम्लाको सिमिकोट गाउँपालिका ७ का रेकश शाहीले मगाएको भन्ने बयानका आधारमा हुम्लाका शाहीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
धामीको साथबाट ८ सय ९६ ग्राम भालुको पीत्त बराम गरिएको प्रहरी निरक्षक एवं जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिएका छन् । प्रहरीले भालुको ६ थान पीत्त सहित दुबैजनालाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ ।
जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार उक्त मुद्दाको प्रक्रिया अगाडी बढाइएको छ । अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरि आबश्यक कारबाही गरिने जिल्ला वन कार्यालय स्रोतले बताएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य