६ ओटा भालुको पीत्त सहित २ जना पक्राउ ।।

नयाँ नेपाल समाचार, असार २५ दार्चुला ।
दार्चुलामा ६ थान भालुको पीत्त सहित २ जना पक्राउ परेका छन् । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ६ पन्तोली बस्ने वर्ष ३६ का मानसिँह धामी र हुम्ला जिल्ला सिमिकोट गाउँपालिका ७ बस्ने २६ वर्षिय रेकश शाहीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो ।
व्याँसका मानसिँह धामीले झोलामा ६ थान भालुको पीत्त बोकी हिडी रहेको अवस्थामा महाकाली नगरपालिका ४ बंगाबगडबाट प्रहरी सहायक निरीक्षक भानसिँह चन्द नेतृत्वको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो । धामीलाई सोधपुछ गर्दा हुम्लाको सिमिकोट गाउँपालिका ७ का रेकश शाहीले मगाएको भन्ने बयानका आधारमा हुम्लाका शाहीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
धामीको साथबाट ८ सय ९६ ग्राम भालुको पीत्त बराम गरिएको प्रहरी निरक्षक एवं जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिएका छन् । प्रहरीले भालुको ६ थान पीत्त सहित दुबैजनालाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ ।
जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार उक्त मुद्दाको प्रक्रिया अगाडी बढाइएको छ । अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरि आबश्यक कारबाही गरिने जिल्ला वन कार्यालय स्रोतले बताएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली