दार्चुलामा बाढी पहिरोको वितण्डता : आधा दर्जन घरहरु पुरिए, नदीका किनारका बस्ती  नै जोखिममा ।।

नयाँ नेपाल समाचार, असार २७ दार्चुला ।
दार्चुलामा बाढी पहिरोले वितण्डता मच्चाएको छ । गएराति परेको भारी वर्षाका कारण दार्चुलामा विभिन्न नदी खोलाहरुमा पानीको बहाब बढेर विभिन्न स्थानमा पहिरो तथा बाढीले क्षेति गरेको छ ।
मुख्य गरी नौगाड गाउँपालिकामा बढी क्षेति गरेको छ । नौगाड खोलामा पानीको बहाब बढेपछि नदीले जमिन कटान गरिरहेको छ भने आधा दर्जन घरहरुहरुमा क्षेति पु¥याएको छ । ती खोलहरुमा लगाइएको काठेपुलहरु बगाइदिएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर ४ कपडेका लालमनि ठगुन्नाका २ ओटा घरमा पहिरोले क्षेति पुर¥याएको छ । नौगाड खोलामा आएको बाढीले होपरीगाडमा रहेको मनबीर ठगुन्नाको एउटा पसल बगाएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ मा खडकसिँह ठगुन्नाको घर पहिरोले पुरिदाँ पशुचौपाय, अन्नबाली, अन्य सम्पत्ती पहिरोले पुरिएको मिडिया विकास समाज नेपाल दार्चुलाका सदस्य आनसिँह बडालले बताएका छन् । उक्त क्षेत्रमा बस्ती नै जोखिममा रहेको छ ।
यस्तै नौगाड गाउँपालिका वडा नम्बर १ मा रहेको गोधानी खोला लघु जलविद्युत् आयोजनाको विद्युत् गृहमा क्षेति भएको छ । गरिबी निवारण कोषको ६० लाख बढी लगानीमा निर्माण गरिएको गोधानी खोला लघु जलविद्युत् आयोजनामा क्षेति पुगेपछि उक्त बस्तीहरुमा क्षेति पुगेको छ ।
विभिन्न खोलामा लगाइएका पुलहरु बगाएको छ । यस्तै गोधानी खोला, सेइल खोला, दह खोलामा राखिएका काठेपुलहरु पनि बगाउँदा आवत् जावत् समेत बन्द भएको नयाँ नेपाल सहकर्मी जनकराज भट्टले बताएका छन् । खोलाहरुमा लगाइएका पुलहरु बगाउँदा उद्धार कार्य समेत प्रभावित भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर जनाएको छ । सडक बाटो नै बगाएको छ भने ठाउँमा पहिरो खसेकाले आवत् आवत् नै बन्द भएको छ ।
यस्तै विद्यालयहरुमा क्षेति भएको शिक्षक जनकराज भट्टले जानकारी दिनुभयो । सौकेबगरमा रहेको विद्यालय, महादेब आधारभूत विद्यालय इयरकोटमा क्षेति भएको छ । यसै वर्ष निर्माण गरिएका माछा पोखरी बगाएको छ । थुप्रै किसानहरुको खेत नै बगाएको छ ।
क्षेतिग्रस्त बस्तीहरुमा सञ्चार विहीन 
नौगाडका बाढी तथा पहिरोले क्षेति पु¥याएका ती बस्तीहरुमा सञ्चार सेवा नै अबरुद्ध भएको छ । घाम लागेका बेला मात्रै टेलिफोन सेवा उपलब्ध हुने उक्त बस्तीहरुमा अहिले टेलिफोन सम्पर्क नहुदाँ थप विवरणहरु संकलन गर्न समेत समस्या भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी सिप्टी र प्रहरी चौकी दल्लेकबाट प्रहरी टोली उद्धारका लागि ती बस्तीमा परिचालन गरिएको छ । उद्धारका लागि खटिएको प्रहरी टोली संग समेत सम्पर्क हुन नसकेको प्रहरी चौकी सिप्टीले जनाएको छ । बाढी पहिरोले ग्रसित उक्त बस्तीमा विभिन्न पशुचौपाय, अन्य भौतिक क्षेति भएपनि मानबीय क्षेति भने नभएको प्रहरीले उद्धृत गर्दै नयाँ नेपाल सहकर्मी प्रतापसिहँ ठगुन्नाले खबर पठाउनु भएकाे छ ।
चमेलिया नदीको बहाब खतरा लेबलमा
यस्तै गएराती भारी वर्षा हुदाँ दार्चुला जिल्लाका विभिन्न ठुला नदीमा पानीको बहाव बढेको छ । दार्चुलाका मुख्य नदी महाकाली नदी र चमेलिया नदीमा पानीको बहाव बढेको छ ।
महाकाली नदी भन्दो दोस्रो ठुलो नदी चमेलियमा पानीको बहाब खतराको लेबलमा पुगेको छ । नदी मापन केन्द्र गोकुलेश्वरका अनुसार चमेलिया नदीमा ५ दशमलब ५० सेन्टिमिटर मापन गरिएको छ । चमेलिया नदीमा ५ दशमलब ६० लाई खतरा लेबल मानिन्छ ।
यस्तै महाकाली नदीमा पनि पानीको बहाब ५ दशमलब ६० सेन्टिमिटर मापन गरिएको नदी मापन केन्द्र दत्तुका कृष्ण नगारीले बताएका छन् ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली