सिमा बैठकमा आईएसआईको चर्चा,के के थिए ऐजेण्डा ?

नयाँ नेपाल समाचार, दार्चुला ।
अन्तर्राष्ट्रिय स्लामिक संगठन (आईएसआई) ले दार्चुलामा आयोजना गरिएको नेपाल भारतका अधिकारीहरुको बैठकमा समेत चर्चा पाएको छ ।
भारतको उत्तराखण्ड पिथौरागढ जिल्लाका जिल्ला प्रमुख सी रविशंकरको नेतृत्वको टोली र दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको नेतृत्वको टोलीबीच भएको नेपाल भारत सीमा सुरक्षा समन्वय बैठकमा आईएसआई समेत छलफलको विषय बनेको हो ।
भारतीय पक्षका तर्फबाट बैठकका लागि प्रस्ताव गरिएको एजेण्डा मै सिमा क्षेत्रमा आईएसआईका गतिविधिहरुमा बिचार बिमर्श राखिएपछि बैठकमा आईएसआईले स्थान पाएको हो ।
भारतीय पक्षले बैठकका लागि प्रस्तावि गरेको ११ एजेण्डाहरुमध्ये नक्कली नोटको प्रचलनमा रोक लगाउने र आईएसआईको कुरा ५ नम्बरमा राखिएको थियो ।
बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिदै पिथौरागढका जिल्ला अधिकारी सी रविशंकरले सिमा क्षेत्रमा आईएसआईको गतिविधि देखिन थालेकोले सीमा बैठकमा छलफलको विषय बनेको बताउनु भयो । केही महिना पहिले पिथौरागढ मै आईएसआई क्रियाकलपासँग सम्बद्ध व्यक्तिलाई पक्राउ गरिएको बताउँदै यस्ता घटनाहरुमा समन्वय गर्न आईएसआईलाई पनि छलफलको विषय बनाइएको उहाँले बताउनु भयो । पिथौरागढ जिल्लाको सीमा क्षेत्रको रुपमा रहेको बैतडी, दार्चुला र चीन तिब्बतको ताक्लाकोट क्षेत्रमा आईएसआईको गतिबिधि नदेखिएको पनि उनले बताए । ‘भारत सरकारले नै यो मुद्दालाई विशेष रुपमा लिएको छ, त्यसैले पनि सीमा बैठकमा छलफल गर्नु परेको हो ।’ पिथौरागढ जिल्ला प्रमुख सी रविशंकरको प्रतिक्रिया छ । 
को को थिए बैठकमा ?
नेपाल भारत सीमा सुरक्षा समन्व्य बैठकमा भारतका तर्फबाट पिथौरागढका जिल्ला अधिकारी सी रविशंकर, सशस्त्र सीमा बल ११औं बाहिनी डिडिहाटका डिप्टी कमाण्डेन्ट किसन यादव, लोकनिर्माण विभाग पिथौरागढका अधिक्षण अभियन्ता हरीश पांगति, पिथौरागढ जिल्लाका पुलिअ अधिक्षक आरसी राजगुरु, धारचुलाका उपजिल्ला अधिकारी राजकुमार पाण्डेय, प्रभागीय वनअधिकारी डा. वियन भार्गव, सिंचाई अधिक्षक अभियन्ता पी.के. दीक्षित, सिंचाई विभाग कै अधिशासी अभियन्ता ललित कुमार, लोक निर्माण विभाग अस्कोटका अधिशासी अभियन्ता दीपक गुप्ता, धौलिंगगा पावर स्टेसनका असिस्टेन्ट म्यानेजर बी.सी जोशी, स्टेनसन कै सिभिल म्यानेजर बी.एच. डेम्पासहित ११ जनाको उपस्थिति रहेको थियो ।
दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको नेतृत्वमा बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, दार्चुला र बैतडीका प्रहरी नायब उपरीक्षकहरु नवराज अधिकारी र नेत्रमणी गिरी, सशस्त्र प्रहरी नायव उपरीक्षक अम्बिका प्रशाद जोशी, दार्चुला र बैतडीका प्रमुख अनुसन्धान अधिकृतहरु बिरेन्द्रसिह कार्की र रमेशसिह डाँगा, दुर्गादल गुल्मका सह सेनानी श्याम थपलियाको उपस्थिति रहेको थियो ।
नेपालका तर्फबाट भन्सार कार्यालय बैतडीका प्रमुख दिल्लीराज सुवेदी, जिल्ला वन अधिकारी संजय तिवारी, अपी नाम्पा संरक्षण प्रमुख भूमिराज उपाध्याय, महाकाली नदी नियन्त्रण आयोजना प्रमुख सुशीलचन्द्र देवकोटा, ईन्जिनियर मदनराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी र नायवसुब्बा चन्द्रसिह धामीसहित १३ जना अधिकारीहरु बैठकमा उपस्थित थिए ।
के के थिए ऐजेण्डा ?
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ मा रहेको शिखर होटेल २ मा आयोजना गरिएको उक्त बैठकमा नेपालका तर्फबाट १३ र भारतका तर्फबाट ११ ऐजेण्डाहरु राखिएका थिए ।
सीमा अपराध, खोतिला पहिरो, मानव बेचबिखन, अवैध समान, वन्यजन्तु, लागू औषध, जडिबुटी चोरी निकासी र दुई पक्षबीच समन्वय कायम गर्ने, सुचना आदान प्रदान गर्ने ऐजेण्डाहरुले साझा रुप लिएका थिए भने नेपालका तर्फबाट अघिल्लो बैठकको समीक्षा, सीमा सुरक्षाको वर्तमान अवस्था, विपद्मा खोज, उद्धार तथा राहत, धौलिगंगा बाध खोल्ने, प्रस्तावित झोलुंगे पुलहरुको सहमति, नियमित समन्वय बैठक गर्ने र विविध विषय भनी ऐजेण्डा तय गरिएको थियो ।
भारतीय तर्फबाट भने पारस्परिक सुरक्षाका विषयमा नक्कली नोटहरुको चलनचल्तीमा रोक, सीमा क्षेत्रमा आईएसआईका गतिबिधिहरुमा बिचार विमर्श, सीमा क्षेत्रका पुलिस थानाहरु अन्तर्गत कानुन व्यवस्थाको स्थितिको आँकलन र पारस्परिक सहभागिता, सीमा क्षेत्रमा एसएसबी र नेपाल प्रहरीबाट व्यपाक गस्तिको प्रबन्ध धौलिगंगाको गेट खोल्ने विषयमा नेपाल सरकारलाई सुचना उपलब्ध गराउने र अन्य विषयहरु बैठकका ऐजेण्डाका रुपमा रहेका थिए ।
 

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को