कांग्रेस महाधिबेशन प्रतिनिधिद्धारा नेपाल पत्रकार महासंघ अध्यक्षलाई गम्भीर आरोप,, महासंघद्धारा प्रेशविज्ञप्ती ।।

नयाँ नेपाल समाचार, दार्चुला
नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि दार्चुलाका उमेश खत्रीले नेपाल पत्रकार महासंघका दार्चुलाका शाखा अध्यक्ष शंकरसिँह धामीलाई गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाल मार्फत् विभिन्न खालका आरोप तथा आक्षेप लगाएको प्रति दुःख व्यक्र गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाले प्रेस विज्ञप्ती निकालेको छ ।
नेपाली पत्रकारहरुको छातासंगठन नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष धामीलाई नेपाली कांग्रेस दार्चुलाका महाधिवेशन प्रतिनिधि उमेशसिह खत्रीले फेसबुक, मेसेन्जर जस्ता सामाजिक सञ्जाल मार्फत लगाएका गम्भीर आरोप लगाएकाले नागरिकको बिचार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्दै यस्ता पात्रहरुलाई कारबाही गरिनुपर्ने उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शंकरसिँह धामीमाथि भ्रष्ट पत्रकारिता गरेको, कार्यालय प्रमुखहरुलाई हप्काएर सम्पत्ती आर्जन गरेको, धार्मिक आबरबाट शोषण गरेको भन्ने जस्ता गम्भीर खालका आरोपहरु कांग्रेस महाधिबेशन प्रतिनिधि उमेश खत्रिले सामाजिक सञ्चाल मार्फत् आरोप लगाएका छन् । त्यति मात्रै नभई आफूँ बाँघ, डमरु भएको भन्ने जस्ता धम्कीहरु समेत सामाजिक सञ्चालन मार्फत महाधिवेश प्रतिनिधि उमेश खत्रीले दिएका छन् ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य