आगामी आर्थिक वर्षमा ३ सय ९ विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिने,, दार्चुलाका ४ विद्यालय छनौट ।।

नयाँ नेपाल समाचार दार्चुला ।
नेपाल सरकारले पछिल्लो समय प्राविधिक शिक्षालाई प्राथमिकता दिएको छ । नेपाल सरकारले देशका सबै स्थानिय तहमा प्राविधिक शिक्षालय स्थापन गर्ने लक्ष्य राखेको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पदबहाली हुने बेला प्रत्येक स्थानिय तहमा सिटिइभिटिबाट सम्बन्धन प्राप्त प्राविधि शिक्षा शिक्षालय स्थापना गर्ने घोषणा गरेका थिए ।
उती बेला आगामी २ वर्षभित्र प्रत्येक स्थानिय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम रहेको थियो । सोही कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्षमा विभिन्न विद्यालयहरुमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने तयारी नेपाल सरकारले गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि परेका आबेदनका आधारमा आगामी आर्थिक वर्षमा ३ सय ९ विद्यालय छनौट भएका छन् ।
कुन प्रदेशका कति विद्यालय छनौट ?
सबै भन्दा बढी ३ नम्बर प्रदेशका २७ विद्यालयमा आगामी आर्थिक वर्षमा प्राविधिक शिक्षा सञ्चालन गरिने छन् भने सबै भन्दा कम प्रदेश नम्बर १ मा ६ ओटा विद्यालयमा मात्रै प्राविधिक शिक्षा सञ्चालन गरिने छ । प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद् सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) महाशाखा भक्तपुरद्धारा आज प्रकाशित सूचनामा आगामी आर्थिक वर्षमा उक्त विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालन गरिने उल्लेख गरिएको छ ।
यस्तै २ नम्बर प्रदेशमा १२ ओटा सामुदायिक विद्यालयमा, ४ नम्बर प्रदेशमा १४, ५ नम्बर प्रदेशका २१ विद्यालय, प्रदेश नम्बर ६ अर्थात् कर्णाली प्रदेशमा १६ र ७ नम्बर प्रदेशका १३ ओटा सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्ष २०७५÷०७६ मा प्राविधिक शिक्षा सञ्चालन गरिने उल्लेख छ ।
७ नम्बर प्रदेशका कुन जिल्लामा कति विद्यालय परे ?
सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किदै गइरहेको भन्ने अभिभावकहरुको गुनासो चुलिन थालेपछि नेपाल सरकारले विभिन्न सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजना तयार पारेको छ । साथै आगामी आर्थिक वर्षबाटै सञ्चालन गर्ने गरी ३ सय ९ विद्यालयलाई छनौट भएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्धारा आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
७ नम्बर प्रदेशका ९ ओटा जिल्ला मध्ये कैलाली बाहेकका ८ ओटै जिल्लाका १३ ओटा विद्यालयमा आगामी आर्थिक वर्षमा प्राविधिक शिक्षा सञ्चालन गरिने भएको छ । प्राविधिक शिक्षा सञ्चालनका लागि छनौट भएका ७ नम्बर प्रदेशका ८ ओटै जिल्लाध्ये सबै भन्दा बढी दार्चुलाका विद्यालय प्राविधिक शिक्षा सञ्चालनका छनौट भएका छन् । दार्चुलाका महाकाली नगरपालिका ४ मा रहेको महेन्द्र नमुना मावि खलंगा, महाकाली नगरपालिका वडा नम्बर ९ मा रहेको राष्ट्रिय मावि दत्तु, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको मालिकार्जुन मावि मड र शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर मावि गोकुले प्राविधिक शिक्षा सञ्चालनका लागि छनौट भएका छन् । महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन मावि मड, गोकुलेश्वर मावि गोकुलेमा सिभिल तर्फको प्राविधिक शिक्षा सञ्चालन गरिने छ भने राष्ट्रिय मावि दत्तुमा कम्युटर सम्बन्धी प्राविधिक शिक्षा सञ्चालन गरिने उक्त सूचनामा उल्लेख गरिएको छ ।
विभिन्न समयमा राज्यले पछि पार्दै आएको दार्चुला जिल्लामा प्राविधिक शिक्षा सञ्चालनका लागि ७ नम्बर प्रदेशका अन्य जिल्ला भन्दा बढी प्राथमिकता दिएको भन्दै स्थानियहरुले खुशी व्यक्त गरेका छन् । त्रीदेशीय सीमा क्षेत्रमा अवस्थित सामरिक महत्व बोकेको दार्चुलालाई उपेक्षा गर्दै आएको राज्यले प्राविधिक शिक्षाका लागि भने अन्य जिल्लाको तुलनामा भन्दा बढी विद्यालय छनौट गरेको भन्दै शिक्षकहरुले सरकार छ है भन्ने महसुस भएको प्रतिक्रिया दिएका छन् ।
यस्तै बैतडीमा, डडेल्धुरा, डोटी, कञ्चनपुर र बाजुरामा एउटा–एउटा विद्यालय र बझाङ र अछाममा २÷२ विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि विद्यालय छनौट गरिएको छ । प्राविधिक शिक्षालय स्थापनाका लागि परेका आबेदनलाई मध्यनजर गरी प्राविधिक शिक्षाको विकास, विस्तार तथा पहँचका साथै गुणस्तरीय प्रशिक्षण व्यवस्थापन गर्ने गरी आगामी आर्थिक वर्षबाटै उक्त विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालन गर्न लागिएको हो । साथै सम्बन्धित विद्यालयहरुलाई प्राविधिक शिक्षा सञ्चालनका लागि आबश्यक पर्ने भौतिक पूर्वाधार, शैक्षिक पूर्वाधारका साथै प्रशिक्षकको व्यवस्थापन सुनिश्चितता र स्थानिय सरकारको सहमति सहित पूर्वाधारहरु तयार गरी उक्त सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र महाशाखालाई जानकारी गराउन भनिएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य