कांग्रेस दार्चुलाका महाधिबेशन प्रतिनिधि खत्रीले गरे गल्ती स्वीकार ।

नयाँ नेपाल समाचार दार्चुला ।
नेपाली कांग्रेस दार्चुलाका महाधिबेशन प्रतिनिधि उमेश खत्रीले नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिँह धामीलाई लगाएको आरोपको गल्ती स्वीकार गरेका छन् । नेपाली कांग्रेस दार्चुलाका महाधिबेशन प्रतिनिधि उमेश खत्रीले सामाजिक सञ्जाल मार्फत नेपाल पत्रकार महासंघका अध्यक्ष शंकरसिँह धामीलाई गम्भीर खालका आरोप–प्रत्यारोप लगाएका थिए ।
सोही विषयमा आइतबार जिल्ला प्रहरी कार्यालय दार्चुलामा भएको छलफलका क्रममा महासंघ अध्यक्षमाथि लगाएको आरोपको गल्ती स्वीकार गर्दै सहमती भएको छ । पत्रकार महासंघका अध्यक्ष धामीको सामाजिक सञ्जालमा पोष्ट गरिएको स्ट्याटसमा टिप्पणी गर्दै कांग्रेस महाधिबेश प्रतिनिधि खत्रीले गम्भीर आरोप लगाएका थिए । उक्त छलफलमा आजदेखि सामाजिक सञ्जाल मार्फत् यस्ता कार्य नगर्ने स्वीकार गरेपछि सहमति भएको हो ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री