साउन १ गते देवीदेउता कैलाश जादैँ,, भुतप्रेत भगाउन झ्यालढोका झिझिरकाँडा ।।

नयाँ नेपाल समाचार,असार ३२ दार्चुला ।
दार्चुला, बैतडी लगायत सुदूरपश्चिममा साउन महिना सुरु भएसंगै झ्याल ढोकाहरुमा काँडेदार रुखहरुको हाँगाँ राख्ने प्रचलन छ । साउने सक्रांन्तीका दिन बैतडी लगायतका ७ नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा झ्याल ढोकाहरुमा काँडेदार रुखको हाँगाँ राख्ने चलन छ । काँडेदार बिरुवालाई ‘झिझिरकाँडा’ भनिन्छ । दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरुमा भिझिरकाँडा राख्ने गरिन्छ भने कतिपय क्षेत्रमा साउन १ साउने संक्रान्तीका दिन राख्ने चलन छ ।
किन राखिन्छ झिझिरकाँडा ?
साउने संक्रान्ती संगै देवी–देवता शिव भगवान्को बासस्थान मानिने कैलाश जाने भएकाले सुरक्षाका लागि यहाँ स्थानियहरुले झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन छ । नर अथवा मानिसहरुको रक्षा गर्ने देवी देवता कैलाश जाने भएकाले साउन महिनाभरि राशसहरुको बिगबिगी बढ्ने भएकाले राशसबाट बच्न झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन रही आएको मार्मा गाउँपालिका वडा नम्बर ६ शेरीका स्थानिय पार्वती कोट्टारीले बताए । “साउन महिना भरि देवी देवता कैलाश तिर हुन्छ मानव बस्तीतिर राक्षसहरुको मनपरि चल्छ, घरभित्र नआउन भनेर झ्याल ढोकामा झिझिरकाँडा राख्ने परम्परा पहिले देखिकै हो” उहाँले भने ।
साउन महिना मानिसहरु देवी–देवताको साहारा बिना बस्नु परेकाले पनि विभिन्न घट्नाहरु हुने भन्दै असार मसान्तका दिन संर्सौ, कालोमास, गहत, जौ, तिल जस्ता पञ्च नाजले परिवारका सबै सदस्यहरुको टाउमाथि घुमाएर बाहिर फाल्ने चलन छ । यसरी पाँच प्रकारका अन्नले टाउको माथि घुमाएर फालेपछि रोग ब्याधी, शरिरमा चोटपटक नलाग्ने जनविश्वास रही आएको छ ।
देबी देवता कैलाशा तिर जाने भएकाले मावन बस्ती देबी देवता विहीन हुने भएकाले साउन महिनालाई कालो महिनाले पनि चिनिने अर्का स्थानिय मार्माका जगत डडालले बताए । यसरी मनाइने पर्वलाई ‘मैझारो’ पर्व भनिन्छ । बर्खेबाली रोपी सकेकाले फुर्सदमा हुने भएकाले मैझारो पर्वका रुपमा सुदूदरपश्चिमका विभिन्न जिल्लामा यो पर्व मनाउने परम्परा छ ।
विश्वकप फाइनल गै कैशालमा देवता र राक्षसबीच पासा सुरु
कैलाशमा देवी देवता र राक्षसहरुले पासा अर्थात् जुवा खेल्ने गरेको जन विश्वास छ । साउन महिनामा कैलाशमा गएर देवी देवता एकातिर र अर्काेतिर राक्षसको समूहबीच पासा खेलमा प्रतिष्पर्धा हुने गरेको बुढापाकाहरुले बताउने गरेको छन् ।
देवी देवताको विजय भएका मानव बस्तीहरुमा बाढी पहिरो, आतंक, महामारी जस्ता प्रकोपहरु कम हुने र राक्षसको विजय भएमा मानवी बस्ती तथा प्रकृतिमा विभिन्न खालका समस्याहरु, बाढी पहिरोका घट्नाहरु धेरै हुन्छ भन्न जनविश्वास रहीआएको छ । 
साउन १ गते कैलाश गएका देवी–देवताहरु भाद्र १ गते फर्किन्छन् भन्ने चलन सुदूरपश्मिेली समाज छ । भाद्र १ गतेका दिन देवी–देवता र राक्षसबीचको हारजित कसको भयो नजिका सुनाईन्छ । भाद्र १ गते धामी झांक्रीहरुले कैलाशको यात्रा, राक्षस संगको प्रतिष्पर्धा के कस्तो भयो लगायतका १ महिने कैलाशको बसाईका बारेमा भलाकुसारी गर्ने गरेका छन् ।
पछिल्लो युवा पिडीले परम्परागत रुपमा आत्मसात गर्दै आएको चलन र मौलिक परम्परालाई निरन्तरता दिदै आएका छन् । जनविश्वासर समुदायको पहिचान बनाउने बेग्लै चालचलनको संरक्षण समेत गर्नुपर्ने युवा पिडीको ठहर छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य