तिंकर सडकका लागि जिलेटिन ल्याएको एक महिना पुग्दै,, यथाशिघ्र प्रयोगका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा पहल ।।

नयाँ नेपाल समाचार दार्चुला ।
महाकाली करिडोर अन्तरगत रहेको दार्चुला तिंकर सडकका लागि जिलेटिन ल्याइएको एक महिना पुग्नै लागेको छ । असार १० गते ल्याइएको जिलेटिन अझै प्रयोगमा आएको छैन । 
विभिन्न समयमा जिलेटिन अभावमा दार्चुला तिंकर सडकको काम प्रभावित भएका बेला बझाङ जिल्लाका कालांगाड जलविद्युत् आयोजनाबाट ९ दशमलब ३ मेट्रिक टन अर्थात् ९ हजार ३ सय किलोग्राम विष्फोटक पदार्थ दार्चुला ल्याइएको थियो । तर जिलेटिन जिल्ला सदरमुकाम खलंगा ल्याइएको २०÷२५ दिन बितिसक्दा समेत प्रयोग हुन सकेको छैन ।
कहिले विष्फोटक पदार्थ अभावमा सडकको काम प्रभावित भएको छ भने अहिले विष्फोटक पदार्थ जिल्ला सदरमुकाम खलंगा ल्याइएको महिना दिन पुग्नै लाग्दा समेत सम्बन्धीत स्थानमा ढुवानी गर्न नसकिदा सडकको काम प्रभावित भएको छ । विष्फोटक पदार्थ बझाङबाट ल्याउदा समेत नेपाली सेनाको सुरक्षा घेरामा जिल्लामा पु¥याइएको थियो भने दार्चुला तिंकर सडक खण्डको सम्बन्धीत स्थलसम्म पु¥याउन समेत नेपाली सेनाको सुरक्षा घेरामै ढुवानी गर्ने व्यवस्था भए बमोजिम केही ढिलाई भएको देखिन्छ ।
विभिन्न समयमा विष्फोटक पदार्थ अभावमा प्रभावित भएको दार्चुला तिंकर सडकका लागि जिलेटिन उपलब्ध गराउने समेत विभिन्न समयमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाले ज्ञापन पत्र देखि संसदमा कुरा उठाउनु भएको थियो । अहिले उपलब्ध भएको जिलेटिन प्रयोग विहिन बनेपछि प्रतिनिधिसभा सांसद ठगुन्नाले यथाशिघ्र प्रयोगका लागि आज प्रतिनिधिसभा सांसद तथा तिंकर सडक आयोजनाका प्रमुख रामचन्द शाहको टोलीले रक्षा मन्त्री संग माग गरेका छन् । सडकका लागि जिलेटिन पुगेको महिनादिन पुग्नै लाग्दा समेत प्रयोग हुन नसकेकाले यथाशिघ्र प्रयोगका लागि बातावरण मिलाउदिन रक्षा मन्त्री ईश्वर पोख्रेलसंग भेटेर माग गरेको प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाको स्वकिय सचिव दौलतसिँह ठगुन्नाले बताउनु भयो । दार्चुला तिंकर सडक निर्माणमा सेनाको अप्ठेराहरु लगायतका बारेमा आयोजना प्रमुख रामचन्द्र शाह र प्रतिनिधिसभा सांसदले रक्षा मन्त्री पोख्रेलसंग छलफल गरेका हुन् ।
“दार्चुला तिंकर सडकलाई माननीय ज्युले निरन्तर पहल गरिरहनु भएको छ, विष्फोटक पदार्थ उपलब्ध गराउन यसअघि पनि लिखित रुपमा रक्षा मन्त्रालयमा पहल गर्नु भएको थियो, अहिले यथाशिघ्र प्रयोगका लागि पहल गरिहनु भएको छ ।” सांसद ठगुन्नाका स्वकिय सचिव दौलत सिंह ठगुन्नाले भन्नु भयो । दार्चुला तिंकर सडक निर्माणको काम सञ्चालनका लाागि नेपाली सेना संग आबश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उपलब्ध भएको जिलेटिन पड्काउन र सडकको काम यथाशिघ्र सञ्चालनका लागि केन्द्र र जिल्ला स्थित सेनाका प्रमुखहरुसंग आबश्यक निर्देशनात्मक समन्वय गरी केहीदिनमै काम सञ्चालन गराउने प्रतिबद्धता रक्षा मन्त्री पोख्रेलले गर्नु भएको छ । साथै केही जटिलता सिर्जना भए प्रत्यक्ष समन्वय गर्न समेत दार्चुला तिंकर सडक आयोजनाका प्रमुख रामदन्द्र शाहलाई आग्रह गर्नु भएको छ ।
विभिन्न राजनीतिक तथा अन्य कारण लामो समयदेखि सञ्चालन भएको दार्चुला तिंकर सडकको प्रगति सोचे अनुसार हुन सकेको छैन । सडकले गति लिन नसक्दा दुहू क्षेत्रका स्थानियहरुको गाडी चढ्ने धोको अहिलेसम्म पुरा हुन सकेको छैन ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री