६ ओटा स्थानिय तहमा साउन ७ गतेदेखि सार्वजनिक सुनुवाई गरिदै, ३ स्थानिय तहमा महासंघले सहजीकरण गर्ने ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
आर्थिक वर्ष २०७४÷०७५ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रमका कार्यतालिका तयार भएको छ । दार्चुला जिल्लाका ९ ओटै स्थानिय तह तथा ६१ ओटै वडाहरुको चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने सहमति अनुसार अन्तिम चौमासिक अर्थात् तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागिएको हो ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा गठिन मिडिया कार्यदलको निर्णय अनुसार जिल्लाका नौ ओटै स्थानिय तहको सार्वजनिक सुनुवाई कार्यक्रम जिल्लास्थित मिडियाहरुको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको हो । जिल्लाका ३ ओटा स्थानिय तहमा नेपाल पत्रकार महासंघको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिने छ भने अन्य ६ ओटा स्थानिय तहमा अन्य सञ्चार माध्यमहरुले सहजीकरण गर्नेछन् । जिल्लाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण महासंघले गर्ने छ । 
व्याँस गाउँपालिकाको सार्वजनि सुनुवाई कार्यक्रमको सामुदायिक रेडियो नयाँ नेपाल एफ एमले सहजीकरण गर्ने छ भने दुहू गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम दार्चुला एफ एमले सहजीकरण गर्ने छ । यस्तै नौगाड गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा रेडियो कालापानी, मार्मा र अपि हिमाल गाउँपालिकाको सहजीकरण सारथी एफएमले सहजीकरण गर्ने छ भने मालिकार्जुन गाउँपालिको सार्वजनिक सुनुवाई कार्यक्रम मालिकार्जुन एफ एमले सहजीकरण गर्ने कार्य तालिका तयार भइ सोही अनुसार तयारी भइरहेको छ ।
जिल्ला स्थित सञ्चार माध्यमले सार्वजनिक सुनुवाई कार्यक्रमका लागि जिम्मेवारी पाएको स्थानिय तहका कति गने कुन वडाका गर्ने सोको कार्यतालिका पनि तयार भएको छ । दार्चुला एफ एमले दुहू गाउँपालिकाका वडा नम्बर ३ को साउन ७ गतेदेखि सार्वजनिक सुनुवाई कार्यक्रम थाल्ने भएको छ । यस्तै साउन ८ गते वडा नम्बर ४ मा, ९ गते वडा नम्बर ५ मा, १० गते वडा नम्बर २ मा, ११ गते वडा नम्बर १ मा र १२ गते दुहु गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।
यस्तै व्याँस गाउँपालिकामा नयाँ नेपाल एफ एमले साउन ७ गते वडा नम्बर ६ को वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम गरि सार्वजनिक सुनुवाई कार्यक्रम थालनी गर्ने छ । ८ गते वडा नम्बर ५ को वडा कार्यालयको, ९ गते वडा नम्बर ४ मा, १० गते वडा नम्बर ३ मा, ११ गते वडा नम्बर २ मा र साउन १२ गते व्याँस गाउँपालिकाको सार्वजनिक कार्यक्रम गरिने छ । वडा नम्बर १ को वडा कार्यालयको भने केही दिनमा टुंगो लाग्ने छ ।
यस्तै मालिकार्जुन एफ एमले मालिकार्जुन गाउँपालिकाका वडा नम्बर ८ को साउन ७ गतेबाट सार्वजनिक सुुनुवाई गर्ने छ । साउन ८ गते वडा नम्बर ४ मा, ९ गते वडा नम्बर ५ मा, १० गते ६ मा, ११ गते वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने छ । यस्तै १२ गते वडा नम्बर १ मा, १३ गते वडा नम्बर २ मा, १४ गते वडा नम्बर ३ मा र १५ गते मालिकार्जुन गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरिने छ ।
यस्तै नेपाल पत्रकार महासंघले सहजीकरण गर्ने स्थानिय तहमा सञ्चालन गरिने सार्वजनिक सुनुवाई कार्यक्रमको कार्य तालिका समेत तय गरिएको छ । महाकाली नगरपालिकामा साउन ७ गते वडा नम्बर ९ को वडा कार्यालयबाट सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिने छ । ८ गते वडा नम्बर ८ मा, ९ गते वडा नम्बर ७ मा, १० गते वडा नम्बर ६ मा, ११ गते वडा नम्बर ५ मा १२ गते वडा नम्बर ४ मा सार्वजनिक सुनुवाई गरिने छ । यस्तै महाकाली नगरपालिका वडा नम्बर ३ मा साउन १३ गते, वडा नम्बर २ मा १४ गते, वडा नम्बर १ मा १५ र १६ गते महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम गरिने छ ।
यस्ते महासंघले शैल्यशिखर नगरपालिकामा ७ गतेदेखि नै सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तयारी गरेको छ  । ७ गते वडा नम्बर ७ मा, ८ गते वडा नम्बर ८ मा, ९ गते वडा नम्बर ९ मा, १० गते वडा नम्बर १ मा, ११ गते वडा नम्बर ३ मा, १२ गते वडा नम्बर २ मा, १३ गते वडा नम्बर ४ मा, १४ गते वडा नम्बर ५ मा, १५ गते वडा नम्बर ६ मा र १६ गते शैल्यशिखर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम गरिने छ ।
यस्तै लेकम गाउँपालिकामा पनि साउन ७ गतेदेखि वडा नम्बर ५ बाट सार्वजनिक सुनुवाई कार्यक्रम गरिने नेपाल पत्रकार महासंघका अध्यक्ष शंकरसिँह धामीले जानकारी दिनुभयो । ८ गते वडा नम्बर ६ मा, ९ गते वडा नम्बर १ मा, १० गते वडा नम्बर २ मा, ११ गते वडा नम्बर ३ मा, १२ गते वडा नम्बर ४ मा र १३ गते लेकम गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने कार्य तालिका रहेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली