दार्चुलामा प्रहरी जवानकी श्रीमतीको ढङ्गा लागेर ज्यान गयो ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलामा एक प्रहरी जवानकी श्रीमतीको ढुंगा लागेर ज्यान गएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकु बस्ने प्रहरी जवान विक्रमसिँह थापाको श्रीमती वर्ष २५ की सुना थापाको ढुंगा लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी दिनुभयो ।
घाँस काट्ने क्रममा थापाको ढुंगा लागेर बिहीबार विहान ११ बजेतिर ज्यान गएको हो । घट्ना स्थलमा प्रहरी चौकी जौलजीविबाट प्रहरी टोली खटिएको थियो ।