जनता बैंकद्धारा दार्चुलाका २ होटेलमा पहिलो पटक पीओएस सेवा सुचारु,, नगद पैशा तिर्ने झन्झटको अन्त्य ।।

नयाँ नेपाल समाचार दार्चुला ।
जनता बैंक शाखा दार्चुलाले जिल्ला सदरमुकाम खलंगाका २ ओटा होटेलमा पहिलो पटक पीओएस सेवा सुचारु गरेको छ । अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनता बैंक शाखा दार्चुलाले पहिलो पटक दार्चुलामा पीओएस बैंकिङ सेवा सुरुवात गरेको हो ।
वि.सं. २०६७ मा दार्चुलामा २० औँ शाखाको रुपमा सञ्चालन गरि बैंकिङ सुचारु गरेको जनता बैंकले बैंकिङ कारोबार विश्वासिलो र आधुनिक बनाउदै लगेको छ । जिल्लामा पहिलो पटक एटिएम सेवा सुचारु गरेको जनता बैंक शाखा दार्चुलाले अहिले ग्राहकहरुलाई समेत सजिलो होस भन्ने उद्देश्यले जिल्लाका २ ओटा होटेलमा पीओएस बैंकिङ सेवा सुचारु गरेको जनता बैंक शाखा दार्चुलाका शाखा प्रबन्धक प्रकाश भट्टले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलंगामा सञ्चालित शिखर होटेल र सुर्य प्रकाश डिलक्समा पीओएस बैंकिङ सेवा सुचारु गरिएको छ ।
पीओएस बैंकिङ सेवा भन्नाले उक्त होटेलहरुमा भएको खर्च तिर्दा नगद तिर्नुपर्ने झन्झटबाट मुक्त गर्ने सेवा नै पीओएस बैकिंङ सेवा हो । उक्त होटेलहरुमा भएको खर्चको बील तिर्दा नगद नभएपनि भिजा कार्डबाटै पेइमेन्ट गर्न सकिने शाखा प्रबन्धक प्रकाश भट्टले बताउनु भयो । त्यस्तै उक्त मेसिनको माध्यमबाट जुनसुक्कै बैंकको भिजाकार्डबाट तथा अन्तरराष्ट्रिय भिजा कार्डबाट समेत बील तिर्न सकिने व्यवस्था रहेको छ । आर्थिक कारोबारमा जनता बैंकले नगद रहित बैंकिङ सेवा प्रणाली लागु गरेसंगै गाह्रकहरुलाई निकै सहज हुने अनुमान गरिएको छ ।
जनता बैंकले नगद रहित बैंकिङ सेवा प्रणालीलाई प्रबर्धन गर्न तथा ग्राहकहरुलाई बिल भुक्तानीमा सहज होस भन्ने उद्देश्यल पीओएस सेवा सुचारु गरेको जनता बैंक शाखा दार्चुलाका प्रबन्धक भट्टको भनाई छ । अहिले जिल्लाका २ ओटा होटेलमा सञ्चालन गरिएको र विस्तारै अन्य होटेलहरुमा समेत पीओएस बैंकिङ सेवा प्रणाली सुचारु गर्ने योजना जनता बैंक शाखा दार्चुलाले लिएको छ ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन