दार्चुलाबासीको महाकाली नदी माथिको जोखिमपूर्ण यात्रा : कतै ट्युव कतै तुईन, वर्षाका कारण ट्युवको यात्रा प्रभावित ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाको दुहू क्षेत्रमा महाकाली नदीमाथि लगाईएका अधा दर्जन बढी तुईनहरुको माध्यमबाट स्थानियहरुले आवत् जावत् गर्ने गरेका छन् । नेपालको बाटो भएर जिल्ला सदरमुकाम खलंगासम्म आउने बाटो नहुदाँ दुहू क्षेत्रका स्थानियहरुले भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यताले तुईनको यात्रा त्यस क्षेत्रका स्थानियहरुका लागि बाध्यात्मक परिस्थिति बनेको हो ।
दुहू गाउँपालिका तथा व्याँस गाउँपालिकाका स्थानियहरु जिल्ला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो प्रयोग गरि आवत् जावत् गर्नुपर्ने बाध्यता छ भने महाकाली नदीमाथिको जोखिम पूर्ण तुईनको यात्रा गर्नुपर्ने बाध्यता पनि छ । तुइनको जोखिम पूर्ण यात्रा गर्ने क्रममा कतिपयले ज्यान समेत गुमाएका छन् । पहिले पहिले भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिने समानहरु लग्न ढुवानी गर्न नदिदाँ स्थानियहरुले समस्या झल्नु परेको थियो । तर अहिले भारतीय सुरक्षाकर्मीबाट असहज नभएपनि तुइनको जोखिम पुर्ण यात्रा दुहू तथा व्याँसका स्थानियहरुका लागि बाध्यता नै बनेको छ ।
महाकाली नदीमाथि आधा दर्जन तुइन सञ्चालनमा 
नेपालको बाटो प्रयोग गरेर जिल्ला सदरमुकामसम्म आउने बाटो नहुदाँ स्थानियहरुले महाकाली नदीमाथि तुइन लगाएर जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । त्यस क्षेत्रमा नेपाल भारत जोड्ने झोलुंगे पुल समेत नहुदाँ तुइन लगाएर आवत् जावत् गर्नु परेको व्याँस ४ का रिउले कुवँरले बताएका छन् ।
स्थानियहरुले आवत् जावत्का लागि दार्चुलाको उत्तर पश्चिमी सीमा नदी महाकालीमाथि विभिन्न स्थानमा आधा दर्जन तुइनहरु अहिले पनि सञ्चालनमा रहेका छन् । राप्लाको माल, बर्तीघाँट, मलघट्टया, डोकट घाँट, नाँजी, स्याँकु लगायतका विभिन्न स्थानमा तुइनहरु सञ्चालनमा रहेका छन् । राप्ला, दुम्लिङ, सुन्सेरा, सिना, धौलाकोट, हुती लगायत दुहू गाउँपालिकाका स्थानियहरुले समेत तुइनको जोखिम पूर्ण यात्रा गर्ने गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तुइन विस्थापन कार्यक्रम अन्तरगत धौलाकोटको तिग्रममा नेपाल भारत जोड्ने झोलुंगे पुल निर्माण गरिसंगै तिग्रम र बसेडीमा लगाइएका तुइनहरु भने विस्थापित भएको व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटका स्थानिय निर्मला धामीले बताउनु भयो । “तिग्रम घाँटमा झोलुंगे पुल निर्माण गरिएपछि तिग्रम र बसेडीका २ ओटा तुइन विस्थापित भएको छ, त्यस्तै अन्य स्थानहरुमा पनि झोलुंगे पुल निर्माण गरिए तुइनहरु विस्थापित हुदै जान्थे, त पुल नहुदाँ तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छौ” निर्मला धामीले भन्नु भयो ।
यस्तै हिउँदमा महाकाली नदीमा पानीको सतह कम हुदाँ धेरै समस्या नहुने भएपनि वर्षात्को समयमा निकै समस्या हुने गरेको सुन्सेराका स्थानिय जसबहादुर खातीले बताउनु भयो । तुइनको माध्यमबाटै व्याँस र दुहूका स्थानियहरुले खाद्यन्न सामग्री देखि दैनिक उपभोग्य सबै समानहरु तुइनबाटै ढुवानी गर्ने गरेका छन् । सबै सामग्रीहरुका लागि भारतकै भरमा रहेका दुहू क्षेत्रका स्थानियहरु तुइनको माध्यमबाट सामग्रीहरु ढुवानी गर्ने गर्दछन् । त्यहाँ स्थानियहरुको किनमेल गर्ने बजार क्षेत्र समेत भारत नजिक पर्ने भएकाले भारतबाटै सामग्रीहरु खरिद गरि तुइनबाट तार्ने गरेको स्थानियले बताएका छन् ।
वर्षात्को समयमा महाकाली नदीमा पानीको सहत बृद्धि हुने भएकाले तुइनको यात्रा निकै जोखिम पूर्ण रहेको सुन्सेराका स्थानिय मानसिँह कुवँरले गुनासो गर्नु भयो । “ तुइनको यात्रा जोखिमपूर्ण छ भन्ने थाहा हुदा हुदै पनि तुइनको यात्रा गर्न बाध्य छौ, पुल भएको भए, नेपालको बाटो भएर सदरमुकाम सम्म आइपुग्ने बाटो भएको तुइनको यात्रा गर्ने रहर थिएन” कुवँरले भन्नु भयो ।
महाकाली नदीमा पानीको बहाब बढेसंगै ट्युवको यात्रा बन्द
दार्चुलाबासीको तुइनको जोखिम पूर्ण यात्रा मात्रै नभइ ट्युवको जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता पनि छ । दार्चुला जिल्ला सदरमुकामबाट उत्तर पश्चिम तिर महाकाली नदीमा तुइन लगाएर यात्रा गर्ने गरेका छन् भने लेकम तिर ट्युवको यात्रा गर्नुपर्ने बाध्यता स्थानियहरुको छ ।
लेकम क्षेत्रको लाली, उकु, राडम, बाँकु, कुज्र्यानी, गौजेगाडा भन्ने स्थानमा ट्युवको माध्यमबाट महाकाली नदीमा आवज् जाव्त गर्ने गरेका छन् । लेकम क्षेत्रमा नेपाल भारत जोड्ने पुल नहुदाँ त्यहाँका स्थानियहरुले ट्युवको यात्रा गर्नुपर्ने बाध्यता विगत देखिकै हो । आधा दर्जन स्थानहरुमा ट्युवमा चढेर यात्रा गर्नुपर्ने बाध्यता रहेको लेकमका स्थानिय विशनसिँह भण्डारीले बताउनु भयो ।
वर्षात्को समय सुरु भएसंगै महाकाली नदीमाथि सञ्चालन हुने ट्युवको यात्रा अहिले बन्द भएको छ । वर्षात्को समयमा महाकाली नदीमा पानी बढेसंगै असार दोस्रो हप्ताबाट महाकाली नदीमा ट्युव चल्न बन्द भएका लालीका स्थानिय शेरबहादुर विष्टले बताउनु भयो ।
पानीको बहाब बढेसंगै ट्युव बन्द भएपछि स्थानियहरुलाई खाद्यन्न सामग्री देखि दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ । जिल्ला सदरमुकाम खलंगा जोड्ने सडक नहुदाँ लेकमका स्थानियहरुलाई आबश्यक सामग्री ढुवानीमा निकै समस्या भएको छ ।
तुइन विस्थापन कार्यत्रम अन्तरगत निर्माण गर्न लागिएको लाली झोलुंगेपुल हालसम्म निर्माण सम्पन्न हुन नसक्दा अझै स्थानियहरुले ट्युवको यात्रा गर्नुपरेको हो । तुइन विस्थापन कार्यक्रम अन्तरगत महाकाली नदीमाथि ९ ओटा पुलहरु निर्माण गरिने भनिएपछि हालसम्म एउटा पुल मात्रै निर्माण गरिएको छ भने अर्काे पुल निर्माणाधीन अवस्थामा रहेको छ । धौलाकोटको तिग्रममा पुल निर्माण गरि सञ्चालनमा रहेको छ भने लालीमा पुल हालसम्म निर्माण गर्न सकिएको छैन । पुलको निर्माण कार्यमा ढिलाई हुदाँ लेकमका स्थानियहरु अझै ट्युवको यात्रा गर्न विवश बनेका हुन् ।
तुइन विस्थापन कार्यक्रम लेकम र दुहूका स्थानियलाई हर्ष न विस्मात् 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रीमा पदबहाली हुदाँ देशभरका तुईन विस्थापन गर्ने कार्यक्रम ल्याएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुदाँका बखत तुईन विस्थापन अभियान चलाएसंगै दार्चुलाका दुहू क्षेत्रका स्थानियहरुले खुशी भएका थिए ।
तर दार्चुलाको तिग्रममा एउटा झोलुंगे पुल निर्माण र लालीमा निर्माण कार्य सञ्चालन हुनु भन्दा अन्य स्थानहरुमा भने अहिले सम्म पुल निर्माणको कार्य अलपत्र परेको छ । तुइन विस्थापन कार्यक्रम अन्तरगत महाकाली नदीमाथि ९ ओटा पुल निर्माण गरिने भनिएपनि हालसम्म पुल निर्माण नगरिदाँ तुइन र ट्युवको जोखिमपूर्ण यात्रा गर्न स्थानिय बाध्य भएका छन् ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली