मालिकार्जुन शिखर जात्रा साउन १० गते, कस्ताे छ विशेषता हेर्नुस‍‍‍....... ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला जिल्लाको प्रमुख धार्मिक तिर्थस्थल श्री शैल्यशिखर मालिकार्जुन जात्रा साउन १० गते हुने भएको छ । चन्द्रग्रहणका कारण केही अन्यौलता देखिएको भन्दै मालिकार्जुन विकास समितिले साउन १० मै शिखर जात्रा हुने बताएको छ । 
साउन ११ गते राती चन्द्रग्रहण रहेको छ । ग्रहण लागेको तीनदिन पहिला र तीन दिनपछिसम्म पूजापाठ नहुने केहीको मान्यता रहेको छ । तर यस वर्षको शिखर जात्रा साउन १० गते हुने मालिकार्जुन विकास समितिका सचिव जनकसिह धामीले बताउनुभयो । 
हरेक वर्ष आषाढ शुक्ल चतुर्दशी तीथि र कार्तिक शुक्ल त्रयोदशी तीथिमा शिखर जात्रा हुने गर्दछ । पक्ष र तीथिमा शिखर जात्रा हुँदैआएकोले ग्रहणकालको कुनै असर नपर्ने निस्कर्ष निकालिएको सचिव जनकसिह धामीले बताउनुभयो । 
मालिकार्जुन गाँउपालिका र शैल्यशिखर नगरपालिकाको क्षेत्रमा रहेको शैल्यशिखरमा ठूलो श्रद्धाका साथ जात्रा हुने गर्दछ । शिखर जात्रामा दार्चुलाका साथै सात नम्बर प्रदेश तथा भारतको उत्तराखण्ड राज्यबाट समेत श्रद्धालुहरु आउने गर्दछन् । मालिकार्जुन गाँउपालिकाको वडा नम्बर ३ मडस्थित भण्डारीघरदेखि सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शैल्यशिखर क्षेत्रमा पुग्ने गर्दछ । 
शिखर जात्रामा सहभागी भई पूजापाठ गर्नाले आफुले मागेको वरदान प्राप्त हुने जनविश्वास रहेको छ । व्रतबन्ध गरेका पुरुष र विवाह गरी दुबधागो लगाएका महिलाले मात्रै शिखर जात्रामा सहभागी हुने मान्यता रहिआएको छ । 
साउन १० गतेको शिखर जात्राको आवश्यक तयारी भइरहेको मालिकार्जुन विकास समितिले जनाएको छ । दार्चुला जिल्लाको प्रमुख धार्मिकस्थल रहेको मालिकार्जुन क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि सरकारले समेत केही वर्षदेखि बजेट र कार्यक्रम सञ्चालन गर्दैआएको छ ।
 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा