पहिरोले पुरिदाँ संगै सुतेकामध्ये एकजनाको मृत्यु ४ जना सकुशल ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु भएको भने अन्य संगै सुतेका ४ जना सकुशल रहेका छन् । सुति रहेका बेला आज विहान करिब ३ बजेतिर घरमाथिबाट खसेको पहिराले पुरिएर शैल्यशिखर नगरपालिका वडा नम्बर २ रौतेडा बस्ने वर्ष अन्दाजी २२ का नरेश ओडको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनु भयो ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बजार नजिकै रहेको मानबहादुर विकको घरमा सुतिरहेका ५ जना मध्ये अरु ४ जना पहिरो खस्ने बितिक्कै भाग्न सफल भएपनि नरेश ओड भने पहिराले पुरिदाँ घट्ना स्थलमै मृत्यु भएको हो । पाँचैजना घर निर्माणका लागि गोकुलेश्वरमा बस्दै आएका ओड सुतेकै बेला पहिरोले पुरिएपछि स्थानिय र प्रहरीको संयुक्त प्रयासमा निकाली गोकुलेश्वर अस्पतालमा लगिएको थियो । अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनु भयो । 
यस्तै अन्य संगै सुतेका शैल्यशिखर नगरपालिका वडा नम्बर ३ बस्ने लाली कामी, सोही ठाउँका सन्तोष कामी, शैल्यशिखर २ का हरिस काकी र नरेन्द्र पार्कीलाई चोटपटक नलागेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य