यो वर्ष सरकारको योजना : १० अर्ब लगानी, १ लाख युवा स्वरोजगार 

नयाँ नेपाल समाचार दार्चुला ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक वर्ष २०७५र७६ मा १ लाख युवालाई स्वरोजगार बनाउने निर्णय गरेको छ । कोषका अध्यक्ष एवंम युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको कोषको बोर्ड बैठकले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँलगानी गरेर १ लाख युवालाई स्वरोजगार बनाउने निर्णय गरेको हो । आर्थिक वर्ष २०७४र७५ मा भएका कोष गतिविधि तथा प्रगतिको समीक्षा गर्न बसेको बैठकले उक्त निर्णय गरेको कोषका कार्यकारी उपाध्यक्ष डा। प्रेमप्रसाद दंगालले जानकारी दिए । डा। दंगालका अनुसार समग्रमा गत आर्थिक वर्षमा १ सय ७० प्रतिशत कोषले लक्ष्य हासिल गरेको छ । कोषले गत आर्थिक वर्ष करिब २० हजार युवाहरुलाई स्वरोजगार बनाएको छ । कोषले २ अर्ब रुपैयाँ लगानी गर्दै करिब २० हजार लगानीकर्ताहरुलाई स्वरोजगार बनाएको उनले बताए । गत आर्थिक वर्षको लक्ष्यभन्दा ४० करोड रुपैयाँबढी कोषले लगानी गरेको हो । गत आर्थिक वर्षका लागि कोषले १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य निर्धाण गरेको थियो । गत आर्थिक वर्षमा कोषबाट कर्जा लिएर उद्यमी बनेका युवाहरुलाई ५ करोड रुपैयँ ब्याज अनुदान वितरण गरिएको समेत उपाध्यक्ष दंगालले जानकारी दिए ।

सातै प्रदेशमा प्रादेशिक कार्यालय

बुधबार बसेको कोषको बोर्ड बैठकले सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको छ । कोष लगानी तथा अनुगमनलाई प्रभावकारी बनाउन प्रादेशिक कार्यालय स्थापना गर्ने निर्णय गरिएको दंगालले बताए । बैठकले कोषबाट कर्जा लिएर समयमा नै भुक्तानी नगर्ने ६ वटा सहकारी संस्थाहरुलाई कालोसूचीमा राख्ने निर्णय समेत गरेको छ । कोषको बर्जाबाट हालसम्म करिब ६० हजार युवाहरु स्वरोजगार बनेका छन् । स्रोत व्यवस्थापन तथा कार्यालय स्थापनका लाथि थप निर्णय गर्न आगामी सोमबार कोषको बोर्ड बैठक बस्ने भएको छ । सोमबार बस्ने बैठकले चालु आर्थिक वर्षका लागि श्रोत व्यवस्थापन तथा भावी रणनीति तयार गर्नेछ । कोषले बैंक तथा वित्तीय संस्थाहरु मार्फत युवाहरुका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउदै आएको छ । कोषको कर्जाबाट उद्यमशील बनेका तथा नियमित कर्जा भुक्तानी गर्नेलाई व्याजदरमा ६० प्रतिशतको अनुदान समेत दिने गरेको छ । २०६५ सालमा तत्कालिन अर्थमन्त्री डा। बावुराम भट्टराईको सक्रियतामा युवा शक्तिलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यसहित कोषको स्थापना गरिएको थियो । कोषको अध्यक्ष युवा तथा खेलकुद मन्त्री हुने कानूनी व्यवस्था रहेको छ ।
साभार ः अनलाइन खबर

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री