महाकाली नदीमा एक युवक बेपत्ता ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपाल भारत सीमा नदी महाकाली नदीमा एक युवक बेपत्ता भएका छन् । महाकाली नदीमा तर्ने बेला दार्चुलाको व्याँस गाउँपालिका ५ स्याँकु बस्ने अन्दाजी वर्ष १८ का रबि धामी आज विहान महाकाली नदीमा बेपत्ता भएका हुन् ।
दार्चुलाको व्याँस गाउँपालिका अन्तरगत पर्ने बुदी भन्ने क्षेत्रमा महाकाली नदीमा तरी भारत जाने बेला धामी महाकाली नदीमा बेपत्ता भएको स्थानिय अञ्जली धामीले जानकारी दिनुभयो । नेपालको बुदीबाट भारत जादै गर्दा धामी महाकाली नदीमा बेपत्ता भएको खबर स्थानियहरुले प्रहरी चौकी सितापुललाई जानकारी गराएपछि प्रहरी टोली घट्ना  स्थलतर्फ गएको थियो । सितापुल प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिपक थापा नेतृत्वको ४ जना प्रहरी टोली घट्ना स्थलतर्फ गएको बताइएको छ । तर प्रहरी टोली घट्ना स्थल पुगेको पुष्टि भइसकेको छैन ।
बेपत्ता धामी तुइन तर्ने बेला हो वा चिप्लेर महाकाली नदीमा बेपत्ता भएका हुन् सो को बारेमा भने जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली