बिटुले पारीबगड सडकखण्ड अबरुद्ध,, दीर्घकालिन सडकको विकल्प शेरी हुँदै सडक निर्माण गरिनुपर्ने ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
बिटुले–पारीबगड सडक खण्ड झण्डै एकहप्तादेखि अबरुद्ध रहेको छ । वर्षात्को समयमा विभिन्न समयमा अबरुद्ध हुने बिटुले पारीबगड सडक खण्ड अन्तगत चमेलिया जलविद्युत् आयोजनाको ड्याम साइट नजिकै ठुलो पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
मार्मा गाउँपालिका वडा नम्बर ३ बिटुले बजार नजिकै चमेलिया जलविद्युत् आयोजनाको ड्यामसाइटमा सडक भासिदाँ झण्डै एक हप्ता देखि अबरुद्ध भएको छ । उक्त क्षेत्रमा पहिरो खसेकाले सडक सुचारु गर्न ठुलो चुनौती थपिएको गाडी शाहु धिरेन्द्र विष्टले जानकारी दिनुभयो । उक्त क्षेत्रमा सडक पुरै भाँसिएको र सडक विस्तार गर्न कडा चट्टान भएकाले सडक सुचारु गर्न निकै समस्या भएको गाडी शाहु विष्टको भनाई छ । उक्त सडक खण्ड अन्तरगत विभिन्न क्षेत्रमा खसेको पहिरो पन्छ्याउन गाडी शाहुहरुबाट पैशा संकलन गरि पहिरो पन्छ्याउने गरेको बिटुले पारीगड सडक खण्डमा सञ्चालन हुने जीपहरु अहिले भने सञ्चालन हुन सकेका छैनन् ।
चमेलिया नदी अर्थात् चमेलिया जलविद्युत्को ड्याममा सडक पुरै भासिदाँ पैदल यात्रुहरुलाई समेत समस्या भएको छ । उक्त क्षेत्रमा सडक नखुलादाँ सम्म बिटुले पारीबगड सडक खण्डमा जीपहरु चल्न सक्ने अवस्था छैन । सडक अबरुद्ध हुदाँ बिटुले पारीबगड सडक खण्ड अन्तरगत बिटुलेमाथि गाडी सञ्चालन हुन नसक्दा बिटुलेबाट गाडीहरु पल्टी गराएर भएपनि जीप सेवा सञ्चालन गर्दै आएको जीप चालक दिलेन्दसिँह धामीले बताउनु भयो । बिटुले क्षेत्रमा सडक पुरै धस्सिदाँ यातायात सञ्चार विच्छेद भएपनि गाडी पल्टी गराएर भएपनि यातायात सेवा सुचारु भएको जीप चालकहरुको भनाई छ ।
रिल पहिरो हटाइयो 
बिटुले पारीबगड सडक खण्ड अन्तरगत पर्ने रील पहिरो यातायात सेवाको मुख्य बाधक बनेको छ । मार्मा गाउँपालिकाको लटीनाथ बजार नजिकै १९९० सालमा गएको भूकम्पका कारण खसेको रिल पहिरो हालसम्म नरोक्किदाँ बिटुले पारी बगड सडक खण्ड बेला बेला अबरु हुने गरेको छ ।
यस्तै केहीदिनदेखि रिल पहिरोका कारण यातायात सेवा प्रभावित भएको थियो भने बुधबार मार्मा गाउँपालिकाको जेसिबी लगाएर पहिरो पन्छ्याई सडक खुलाईएको मार्मा गाउँपालिकाका प्राविधिक विक्रम जोशीले जानकारी दिनुभयो । हल्का वर्षा परेपनि खस्ने रिल पहिरोक्षेत्रमा पहिरो खस्दा केही दिनदेखि गाउँपालिकासम्म समेत गाडीहरु पुग्ने सकिरहेका थिएनन भने बुधबार गाउँपालिकाको जेसिबी लगाएर सडक खुलाईएको मार्मा गाउँपालिकाका आइटी अफिसरले जानकारी दिनुभयो । रिल पहिरो क्षेत्रमा खसेको पहिरो पन्छ्याइए पनि बिटुले पारीबगड सडक खण्ड भने पूर्णरुपमा सुचारु हुन सेकेको छैन । बिटुले पारीबगड सडक खण्डमा अन्तरगत बिटुले बजार नजिकै पहिरो खसेकाले उक्त ठाउँमा सडक विस्तार नगर्दा सम्म सडक सुचारु हुने अवस्था नरहेको जीप चालक धिरेन्द्र विष्टको भनाई छ ।
बिटुले पारीबगड सडकखण्डको दीर्घकालिन बिकल्प  : शेरी हुदै सडक निर्माण गरिनुपर्ने
बेला बेला पहिरो पहिरो खस्ने बिटुले पारीबगड सडक खण्डको दीर्घकालिन बिकल्प शेरी हुदै नयाँ सडक निर्माण गरिनुपर्ने स्थानियहरुको बुझाई छ । विभिन्न समयमा पहिरो खस्दा यातायात अबरुद्ध हुने बिटुले पारीबगड सडक खण्डको समस्या समाधनको विकल्प रुट नै परिबर्तन गर्नपर्ने धेरैको बुझाई छ ।
बिटुले–नलबगड, चिउरानी लटीनाथ हुदै निर्माण गरिएको बिटुले पारीबगड सडक खण्डको रुट परिबर्तन गरी मार्मा गाउँपालिकाको शेरी हुदै मर्मतीबाट लटीनाथ बजारमा सडक जोड्न सके मात्रै सडक बाह्रैमास सञ्चालन हुन सक्ने अपिपथ प्रदर्शक मावि शेरीका शिक्षक विरेन्द्रसिँह महराले बताउनु भयो । बिटुले पारीबगड सडक खण्ड अन्तरगत विटुले, नलबगड, चिउरानीभन्दा माथि र रिल पहिरो क्षेत्रमा भौगोलिक बनावट पनि कमजोर भएकाले पहिरो खसीरहने भएकाले रुट नै परिवर्तन गर्नुको विकल्प नभएको शिक्षक महराको भनाई छ ।
बिटुलेबाट शेरीहुदै मर्मती लटीनाथ जोड्न सके दीर्घकालिन सडक निर्माण हुने स्थानियहरुको बुझाई छ । शेरी हुदै सडक निर्माण  गर्दा भौगोलिक बनावट कमजोर नभएकाले सडक दीर्घकालिन र बाह्रमास सञ्चालन हुने खालको सडक बन्ने शेरीका अर्का शिक्षक प्रेमसिँह कोट्टारीको भनाई छ । “अहिले सञ्चालनमा रहेको बिटुले पारीबगड  सडक खण्ड अन्तरगत खस्ने पहिरो पन्छ्याउदाँ भएको खर्च मात्रै जोगाए शेरी हुदै लटीनाथ सडक निर्माण गर्न सके दीर्घकालिन सडक बन्न सक्छ, नत्र बर्षेनीमा पहिरो पन्छ्याउनमै बजेट खर्च हुने देखिन्छ” शिक्षक कोट्टारीले बताउनु भयो ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य