तीन दिन पश्चात् दार्चुलामा फोन तथा इन्टरनेट सेवा सुचारु ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
तीनदिन देखि अबरुद्ध दार्चुलाको इन्टरनेट तथा फोन सेवा आज मात्रै सुचारु भएको छ । जिल्लाकै मुख्य रिपीटर टावरको रुपमा रहेको बलशिखर टावरमा विद्युत आपूर्ति हुन नसक्दा जिल्लाभरी नै तीन दिनदेखि फोन तथा इन्टरनेट सेवाको पहुँच बाहिर रहेको थियो । जिल्लाकै मुख्य रिपीटर टावर नै घामको भरमा सञ्चालन हुने भएकाले घाम लागे फोन तथा इन्टरनेट सेवा सञ्चालन हुन्छ भने बादल लागेमा दार्चुलाको इन्टरनेट तथा फोन सेवा अबरुद्ध हुने गरेको छ ।
इन्टरनेट तथा फोन सेवाका लागि जिल्लाकै मुख्य टावरको रुपमा रहेको बलशिखर रिपीटर टावरमा समेत विद्युतीकरण गर्न नसकिदाँ पनि दार्चुलाका टेलिकम ग्राहकहरुले बेला बेला समस्या झेल्नु परेको हो । जिल्ला अन्य स्थानमा रहेका नेपाल टेलिकम टावरहरुमा समेत विद्युतीकरण गर्न नसकिदाँ फोन तथा इन्टरनेट सेवा प्रभावकारी बन्न नसकेका बेला मुख्य टावरमै विद्युतीकरण गर्न नसकिदाँ सेवाग्राहीहरु मर्कामा पर्ने गरेका हुन् । बलशिखर टावर बन्द रहेमा जिल्लाभरी नै फोन तथा इन्टरनेट सेवा अबरुद्ध हुने नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
फोन तथा इन्टरनेटको मुख्य टावर बलशिखर टावरमा समेत विद्युतीकरण नगरिदाँ सोलार प्यानलहरुको भरमा सञ्चालन भइरहेको छ । केही दिनदेखि लगातार बादल लाग्दा विद्युत आपूर्तिका कारण फोन तथा इन्टरनेट सेवा अबरुद्ध भएको हो । यस्तै आज विहानै देखि आकाश खुल्नुका साथै घाम लागेकाले फोन तथा इन्टरनेट सेवा आज विहान करिब १० बजेदेखि सुचारु भएको हो ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य