५ वर्ष पश्चात् महाकाली बाढी पीडितलाई राहात वितरण गरिदै,, ५० करोड बजेट मध्ये बाँकी रकम उपलब्ध गराई दिन माग ।।

नयाँ नेपाल समाचार दार्चला ।
२०७० सालमा आएको महाकाली बाढीले क्षेति पु¥याएकाहरुको नामा कोरियामा काम गर्ने नेपाली कामदारहरुले पठाएको राहात रकम हालसम्म महाकाली बाढी पीडितलाई वितरण गरिएको छैन । २०७० सालमा आएको महाकाली बाढीले घरबारबिहीन तथा धनजनको क्षेति लगायतका बाढी पीडितहरुका नाममा बाढी पीडित सहयोग कोषको बैंक खातामा प्राप्त भएको थियो ।
कोरियामा काम गर्ने नेपाली कामदारहरुले महाकाली बाढी पीडितका नाममा पठाएको राहात रकम ४ वर्ष बिती सक्दा समेत हालसम्म बाढी पीडितहरुलाई हस्तान्तरण गरिएको छैन । महाकाली बाढीले ठुलो क्षेति पु¥याएपछि कोरीयामा काम गर्ने कामदारहरुले ४ लाख राहात रकम पठाएका थिए । तर विभिन्न राजनीतिक विमती लगायतका विवादका कारण महाकाली बाढी पीडितहरुलाई ४ वर्ष बिती सक्दा समेत राहात रकम वितरण गर्न नसकिएको हो ।
महाकाली बाटी पीडितका नाममा आएको राहात रकम हालसम्म वितरण नगरिएपनि अहिले भने उक्त रकमको चर्चा हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा समेत उक्त कुरा उठेको छ ।
साथै उक्त बैठकले महाकाली बाढीले क्षेति पु¥याएको् १ सय १० घरपरिवारलाई र साविकको खलंगा गाविउस वडा नम्बर ५ बस्ने कलावती बोहरा, साविकको खलंगा गाविस वडा नम्बर २ गल्फै बस्ने रामसिँह डागाँ÷चन्द्र डागाँ दाजुभाई र साविकको धाप गाविस वडा नम्बर ५ बस्ने सरस्वती रैखोलाका हकदार गरी जम्मा १ सय १३ जनालाई दामासायीका दरले उक्त ४ लाख रकम वितरण गर्ने निर्णय भएको छ ।
५० करोड बजेट मध्ये बाँकी रकम उपलब्ध गराई दिन माग
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले २०७० सालमा आएको महाकाली बाढीका बेला नेपाल सरकारले दार्चुला जिल्लाका लागि घोषणा गरेको रकममध्ये बाँकी रकम उपलब्ध गराउन माग गर्ने निर्णय भएको छ । महाकाली बाढीले दार्चुला जिल्लामा वितण्डा मच्चाएपछि नेपाल सरकारले पुनःस्थापना तथा पुनः निर्माणका लागि भन्दै ५० करोड बजेट घोषणा गरेको थियो ।
तत्कालीन सरकारले घोषणा गरेको रकममध्ये हालसम्म उपलब्ध हुन बाँकी रकम तत्काल उपलब्ध गराई दिन प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । दार्चुला जिल्लाका लागि घोषणा भएको रकमको सम्पूर्ण रकम प्राप्त गर्न बाँकी रहेकाले उपलब्ध गराईदिन प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय मार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।
यस्तै सोही वर्षको महाकाली बाढीले जिल्ला सदरमुका खलंगास्थित कैशालपती आधारभूत विद्यालय छाङरुको भवनमा समेत क्षेति पुगेकाले विद्यालयको पुनः निर्माणका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको छ । महाकाली बाढीले विद्यालय भवन, शौचालय, खेलमैदान लगायतको भौतिक संरचनामा असर पुग्दा विद्यार्थीहरुको पठन पाठन प्रभावित भएकाले पुनः निर्माणका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ ।
त्यस्तै २०७५ असार २५ र २६ गते परेको अविरल वर्षाको कारण अपिहिमाल गाउपालिकाको वडानम्बर ५ र ६ को विभिन्न ठाउहरुमा  पहिरोले क्षतिग्रस्त हुन गई गएको थियो । उक्त ठाउमा  आवत जावत नै जोखिममा परेको हुदा राहत कार्यका लागि राष्ट्रिय आपतकालिन कार्य  संचालन केन्द्र मार्फत केन्द्र र प्रदेश विपत व्यवस्थापन समितिमा सिफारिस गरी पठाउने निर्णय गरेको छ । 
बाढी–पहिरो पीडितलाई राहात सामग्री वितरण
जिल्ला विपत व्यवस्थापन समितिको बैठकमा यसवर्ष हावाहुरी, वर्षा, बाढी पहिरोबाट घरजग्गा जमिन, व्यवसाय, खाद्यन्न, भाडा, लुगाकपडा जस्ता सर–समानमा क्षति भए का ११ परिवारलाई जिल्ला दैवि प्रकोप राहत कोषबाट ७२ हजार ६सय ९० रुपैया वितरण भएको प्रमुख जिल्ला अधिकारी खोमकान्त आचार्यले जानकारी दिनुभएको छ । 
यसवर्ष वाढि पहिरो विपदबाट पिडित २१ परिवार र ४ ओटा विद्यालय गरि २५ ओटा वाढिपिडितलाई १ सय २३ थान ग्याविन तारजाली  वितरण गरिएको छ भने १५ परिवारलाई प्रतिपरिवार १ –१ थान त्रिपाल  र महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगालाई २ थान त्रिपाल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।