तीन गाँउपालिका केन्द्र र आगरमा प्रहरी चौकीको माग, सुरक्षा संवेदनशीलताका कारण आगरमा नयाँ चौकी ।

नयाँ नेपाल समाचार दार्चुला ।
दार्चुलाका तीनवटा गाँउपालिका केन्द्र तथा शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५ आगरमा नयाँ प्रहरी चौकी स्थापनाको माग गरिएको छ । स्थानीय तहको नयाँ संरचनामा गाँउपालिका केन्द्रको सुरक्षा व्यवस्थापनका लागि प्रहरी चौकी राख्न माग गरिएको हो । 
विभिन्न मितिमा सरोकारवालाहरुले प्रहरी चौकीको माग गरेपछि साउन १८ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले प्रहरी चौकी राख्न सिफारिस गरेको हो । सुरक्षा समितिको निर्णयसंगै प्रहरी प्रधान कार्यालयमा प्रहरी चौकी स्थापनाको विषयमा जानकारी पठाइएको छ । 
गाँउपालिका केन्द्रको सुरक्षा व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिले प्रहरी चौकी राख्न आवश्यक निर्णय गरेको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो । नौगाड गाँउपालिकाको केन्द्र होपरीगाँडमा, दुहुँ गाँउपालिकाको केन्द्र हिकिलामा र लेकम गाँउपालिकाको केन्द्र रातामाटामा प्रहरी चौकी राख्न सिफारिस गरिएको छ । 
नौगाड गाँउपालिकाको केन्द्र होपरीगाडमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट पुग्न ५ घण्टा लाग्ने तथा प्रहरी चौकी सिप्टीबाट पुग्न ३ घण्टा लाग्ने भएकाले नयाँ प्रहरी चौकी माग गरिएको हो । प्रहरीको उपस्थिति हुन नसक्दा गाँउपालिका केन्द्रमा बैंकिङ सेवा पुग्न नसकेकाले प्राथमिकताका साथ सिफारिस गरिएको छ । 
दुहुँ गाँउपालिका केन्द्र हिकिला इलाका प्रहरी कार्यालय हुतीबाट दुइ घण्टाको दूरी तथा प्रहरी चौकी ब्रह्मदेवबाट ३ घण्टाको दूरीमा रहेकाले नयाँ चौकी स्थापनाको औचित्य देखाइएको छ । हिकिलामा पनि प्रहरीको उपस्थिति नहुदा बैंकिङ सेवा सञ्चालन हुन नसकेको जनाइएको छ । 
लेकम गाँउपालिकाको केन्द्र रातामाटामा हालसम्म प्रहरीको उपस्थिति नभएको तथा इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट टाढा रहेकाले नयाँ चौकी राख्न सिफारिस गरिएको डिएसपी नवराज अधिकारीले बताउनुभयो । 
हालसम्म दुहुँ गाँउपालिकाको केन्द्र हिकिलामा इलाका प्रहरी कार्यालय हुतीबाट केही सुरक्षाकर्मी परिचालन गरिएका छन् भने नौगाड गाँउपालिकाको केन्द्रमा प्रहरी चौकी सिप्टी र दल्लेखबाट सुरक्षा दिइएको छ । लेकम गाँउपालिकाको हालसम्म केन्द्र रहेको खरकडामा इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट सुरक्षाकर्मी परिचालन हुँदैआएका छन् । गाँउपालिका केन्द्रहरुमा स्थायी रुपमै प्रहरीको उपस्थिति गराउने उद्देश्यले नयाँ चौकीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
सुरक्षा संवेदनशीलताका कारण आगरमा नयाँ चौकी
शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५ आगरमा सुरक्षा संवेदनशीलताका कारण नयाँ प्रहरी चौकी राख्ने प्रक्रिया थालिएको छ । स्थानीयस्तरबाट समेत माग भएपछि जिल्ला सुरक्षा समितिको साउन १८ को बैठकले आगरमा प्रहरी चौकी राख्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो । 
महाकाली लोकमार्गले जोडिएको आगर क्षेत्रमा आपसी झगडा, विवाद र घटनाहरु भइरहेका छन् । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र प्रहरी चौकी मालिकार्जुनको मध्यक्षेत्रमा रहेको आगरमा नयाँ प्रहरी युनिटकै आवश्यकता महशुस गरिएको छ । 
पछिल्लो एक वर्षमा मात्रै आधा दर्जनभन्दा कुटपिट, विवादका घटना यसक्षेत्रमा भएका छन् । जनप्रतिनिधिहरुसमेत कुटपिट र विवादका घटनामा जोडिएपछि आगर क्षेत्रमा प्रहरीको उपस्थिति महशुस गरिएको सुरक्षा स्रोतले बतायो ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली