नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार 
नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको अबिधेशन मोहन दत्त भट्टको अध्यक्षतामा नया नेतृत्व चयन गर्दै आज सम्पन्न भएको हो । यस्तै सचिबमा सुन्दर सिह नगारी, उपाध्यक्षमा जगत सिह ठगुन्ना, महिला उपाध्यक्षमा सिता भट्ट, कोषाध्यक्षमा केशब राज बिष्ट चयन भएका छन् । यस्तै सह–सचिब कृष्णा अवस्थी, सह–कोषध्यक्ष सरस्वती जोशी, महिला सदस्यमा सुसिला पाल चयन भएको शिक्षक संगठनका निबर्तमान जिल्ला अध्यक्ष गणेश राज बिष्टले जानकारी दिनुभयो । 
यस्तै हरेक स्थानिय तहबाट एक÷एक जना सदस्य चयन गरीएको छ । जसअनुसार ब्यास गाउँपालीकाबाट दली दत्त भट्ट, दुहु गाउँपालीकाबाट देबेन्द्र सिह बडाल, महाकाली नगरपालीकाबाट करन सिह कार्की, मालीकार्जुन गाउँपालीकाबाट पुष्पा जोशी, लेकम गाउँपालीकाबाट हरीना बिष्ट चयन भएका छन । शैल्यसिखर नगरपालीकाबाट जनक बहादुर तितरा, नौगाड गाउँपालीकाबाट उज्वल सिह ठगुन्ना, मार्मा गाउँपालीकाबाट चन्द्र सिह महता र अपिहिमाल गाउँपालीकाबाट उदय सिह ठगुन्ना चयन भएको बिष्टले बताउँनुभयो । त्यसैगरी समाबेशी सदस्यमा रन्दा बुढाथोकी र रञ्जीत दमाइ चयन भएका छन । महाधिबेशन प्रतिनिधिमा कौसिला जोशी, गणेश राज बिष्ट र बिर बहादुर ठगुन्ना चयन भएको नब निर्बाचित कमिटिका कोषध्यक्ष केशब राज बिष्टले बताउँनुभयो । 
यसअघि अरु पदाधीकारी निर्बिरोध भएपनि अध्यक्ष पदका ५ जना र सचिब पदकोलागी ३ जना आकाक्षिं देखीएपछि नेतृत्व चयनको बिषयमा लामो समय रस्साकस्सी भएको थियो । तर अन्त्यमा आएर सहमतिमै नेतृत्व चयन भएको राष्ट्रिय शिक्षक संगठन दार्चुलाले जनाएको छ । नया कार्यसमिति चयन भएपश्चात बसेको संगठनको बैठकले निबर्तमान कार्यसमितिलाइ आफ्नो कार्यकाल सु सम्पन्न गरेकोमा धन्याबाद ज्ञापन गर्दै नयाँ नेतृत्व चयनमा सहयोग तथा समन्वय गर्ने केन्द्रीय सदस्य हरी दत्त जोशी लगायत निर्बाचन मन्डल र सम्बन्धीत सबैलाइ समेत धन्याबाद ज्ञापन गरेको छ । यस्तै निबर्तमान आठौ जिल्ला कार्यसमितिको जिम्मा रहेको अभिलेखहरु सचिब सुन्दर सिह नगारी र आर्थीक हिसाबकिताब कोषाध्यक्ष केशब राज बिष्टलाइ बुझाउँने निर्णय गरेको छ । साथै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमितिको बैठक प्रतेक महिनाको अन्तीम सनिबार गर्ने निर्णय गरीएको नबनिर्बाचित अध्यक्ष भट्टले बताउँनुभयो ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री

प्रधानमन्त्री ओली बेइजिङमा, भोलि चिनियाँ राष्ट्रपति भेट्ने ।।

५असार  । मंगलबार चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली राजधानी बेइजिङमा नेपाली दूतावासले गरेको कार्यक्रममा सहभागी भएका छन् । मंगलबार साँझ