नेपालले एसिया कप खेल्ने सम्भावना कति ?

नयाँ नेपाल समाचार, दार्चुला ।
एसिया कप छनोटमा आइतबार नेपालले सिंगापुरलाई ४ विकेटले हरायो । यता, यूएईले आयोजक मलेसियामाथि शानदार जित हात पार्दा वर्षाले प्रभावित खेलमा ओमानले हङकङसँग १-१ अंक बाँडेको छ । यूएईको फराकिलो जित र ओमानको बराबरीले नेपाल थप दबावमा परेको छ । समूह चरणको अन्तिम खेलअघि ओमान ७ अंकसहित शीर्ष स्थानमा छ भने यूएईको ६, हङकङको ५ र नेपालको ४ अंक छ । २ अंक जोडेको मलेसिया र अंकविहीन सिंगापुर दुबैको फाइनल खेल्ने सम्भावना सकिएको छ । छनोट प्रतियोगिताको विजेताले एसिया कप खेल्नेछ, जुन समूहमा भारत र पाकिस्तान पनि भएकाले कुनै पनि टिम यो अबसर गुमाउन चाहँदैनन् ।

नेपालको पनि लक्ष्य छनोट प्रतियोगिता जितेर एसिया कप खेल्ने नै हो । नेपालको सम्भावना कति ? सुरुवाति दुई खेलमा ओमान र यूएईसँग व्यहोरेको हारले नेपाललाई निकै अप्ठेरो स्थितिमा पुर्‍यायो । त्यसपछि लगातार दुई खेल जिते पनि रनरेट सुधार भएको छैन । यद्यपि नेपालको गणितीय सम्भावना कायमै छ । अब मंगलबार यूएई र ओमान अपसमा भिड्नेछन् भने नेपालले हङकङको सामना गर्नेछ । यदि ओमानलाई यूएईले जित्यो भने नेपालको सम्भावना सकिनेछ । किनकी ओमानको अहिले नै ७ अंक छ भने जितले यूएईको ८ अंक हुनेछ । त्यसपछि यूएई र ओमान फाइनलमा पुग्नेछन् । नेपालले हङकङलाई हराउँदा पनि ६ अंक मात्र हुन्छ र फाइनल खेल्न पाउँदैन । तर, ओमानले जित्यो भने नेपालको सम्भावना रहन्छ । अझ ओमानले यूएईलाई जति ठूलो अन्तरले हरायो, नेपाललाई त्यति नै फाइदा । तर नेपालले हङकङलाई ठूलो अन्तरले हराउन सक्नुपर्छ । त्यसबेला नेपाल र यूएईको समान ६-६ अंक हुन्छ र रन रेटमा नेपाल अगाडि रहे फाइनल खेल्न पाउनेछ । अहिले रनरेटमा यूएई सबैभन्दा माथि छ । उसको रनरेट १.५८३ पुगेको छ । ओमानको ०.९२७ छ भने नेपालको ०.१७६ मात्रै छ ।

अनलाइन खबर डट कमबाट साभार ।
 

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको