अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर मसान्तसम्मको अवधिमा २ सय २३ ओटा मुद्धाहरु परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख विष्णु विष्टले बताउनु भयो । अख्तीयारमा परेका उजुरीहरुमध्ये अधिकासं उजुरीहरु फच्छौट भइसकेको आयोगले जनाएको छ । मन्त्रालयगत प्राप्त उजुरीहरुले सोहि अनुसार छुट्याएर दर्ता तथा फच्र्यौट गरीएको छ । जसअनुसार सबैभन्दा बढी शिक्षा कार्यालय एब. शिक्षा मन्त्रालय अन्तरगतका ७० ओटा उजुरीहरु परेका छन । शिक्षा अन्तरगतका ७० उजुरीमध्ये ६५ ओटा फच्र्याैट भइसकेका छन् । यस्तै बन तथा भु संरक्षण कार्यालय अन्तरगत २० ओटा अजुरी परेकोमा १६ ओटा उजुरीहरु फच्छौट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह सचिब बिष्णु सिह बिष्टले जानकारी दिनुभयो । यस्तै संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय अन्तरगत ३८ उजुरी परेकोमा २८ मुद्धाहरु फच्छौट भइसकेका छन । भुमि सुधार मन्त्रालय अन्तरगत ११ ओटा उजुरी परेकोमा ११ ओटै मुद्धाहरु फच्छौट भइसकेको सहसचिब बिष्टले बताउँनुभयो । दार्चुला जिल्लाबाटै स्वास्थ्य मन्त्रालय अन्तरगत १० ओटा उजुरी परेकोमा १० ओटै फच्छौट भइसकेका छन् । यस्तै गृह मन्त्रालय अन्तरगत ८ ओटा उजुरी परेकोमा ८ ओटै फच्छौट भइसकेको बिष्टले बताउँनुभयो । भौतिक पुर्बाधार तथा यातायात अन्तरगत १० उजुरी परेकोमा १० ओटै किनारा लागेका छन् । सिचाइ अन्तरगतका ८ उजुरी परेकोमा ७ फच्यौट भएको छ । सहकारी तथा गरीबि निवारण अन्तरगत ४ ओटा उजुरी परेकोमा ४ ओटै फच्छौट, उर्जा अन्तरगत ११ उजुरी परेकोमा ८ ओटा फच्छौट, सहरी बिकास अन्तरगत १७ उजुरी परेकोमा १७ ओटै मुद्धाहरु हल भइसकेका छन । यस्तै अर्थ अन्तरगतका ३ मुद्धापरेकोमा ३ ओटै फच्छौट, कृषि को १ ओटा उजुरी परेकोमा फच्छौट हुन बाकी रहेको बिष्टको भनाइ छ । महिला तथा बालबालीकाको क्षेत्रमा ३ ओटा उजुरी परेको र अन्य बिबिध क्षेत्रका ८ ओटा उजुरी परेकोमा ८ ओटै मुद्धाहरु फच्छौट भइसकेको अख्तियारले जनाएको छ । परेका उजुरीहरु धेरै यथार्त भएपनि केहि उजुरीहरु ब्याक्तीगत रिसिबिका कारण गलत अर्थात आधारहिन समेत भेट्टिएको बिष्टले बताउँनुभयो । शिक्षा क्षेत्रमा परेका ७० उजुरीमध्ये भौतिक संरचना निमार्ण गर्दा भएको आर्थीक तथा प्राबिधिक अनियमितता, कर्मचारी भर्नामा धादलि तथा आसेपासेहरुलाइ भनसुन गरेर भर्ना गर्ने, राहत पिसिएफ दरबन्दीमा भर्ना प्रकृर्या गलत भएको लगायतका उजुरीहरु परेका छन् । दार्चुला जिल्लाबाट परेका ३ भन्दा बढी उजुरीहरुमा बिशेष अनुसन्धान भइरहेको आयोगका सहसचिब बिष्टले जानकारी दिनुभयो । यसैबिच बैतडि जिल्लाबाट ४ सय ३१ ओटा उजुरीहरु परेको तथ्याङ आयोगको रहेको छ । यस्तै डडेल्धुराबाट २ सय ९७, कंचनपुरबाट ८ सय ९५ उजुरी परेका छन् । बझाङ २ सय ७, बाजुरा १ सय ३, अछाम १ सय ६०, डोटि जिल्लाबाट २ सय ९३, कैलाली बाट १ हजार ४० र अन्य मुद्धाहरु १४ ओटा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै देशभरीमा आर्थीक बर्ष २०७०÷०७१ देखी ७४÷०७५ सम्म ३ हजार ६ सय ६३ उजुरी परेकोमा ३ हजार ३ सय ३६ फच्छौट भइसकेका छन् । फच्छौट हुन बाकी मुद्धाहरुको संख्या ४ सय २७ रहेको छ । परेका उजुरीहरु फच्छौट गर्दा आर्थीक बर्ष २०७३÷०७४ असाढ मसान्तसम्म १ करोड ४४ लाख २ हजार ८ सय ६८ रुपैया असुल उपर गरिएको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय कञ्चनपुरले जनाएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली