राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइयो ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
आज भदौ २९ गते राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि दार्चुला जिल्लाभरी मनाइएको छ ।
जिल्लाका विभिन्न स्थानिय तह तथा विद्यालयहरुले “सुखी नेपाली, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका बाल दिवस मनाएका छन् ।
महाकाली नगरपालिकाको आयोजनामा आज जिल्ला सदरमुकाम खलंगामा राष्ट्रिय बाल दिवस मनाइएको छ । महाकाली नगरपालिकाको आयोजनामा सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माविमा विभिन्न विद्यालयहरुको सहभागितामा दिवस मनाइएको छ । 
बाल कल्याण समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षता एवं ७ नम्बर प्रदेशका उपसभामुख निर्मला जोशीको प्रमुख आतिथ्यामा दिवस मनाइएको हो । यस्तै प्रदेश नम्बर ७ का कानुनी सल्लाहकार एवं मुख्य न्यायाधिवक्ता कुलाकुन्द उपाध्याय, जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीरबहादुर कार्की विशिष्ट अतिथि रहनु भएकोे थियो ।
उत्कृष्ट विद्यार्थीहरु पुरुस्कृत
बालदिवसका अवसरमा गत वर्ष श्रोतकेन्द्र स्तरीय परीक्षामा उत्कृष्ट २ जना छात्रछात्रालाई समेत पुरुस्कृत गरिएको छ । श्रोतकेन्द्र स्तरीय परीक्षामा उत्कृष्ट उच्चतम अंक प्राप्त गर्ने दार्चुला पब्लिक स्कुलका छात्र राजेन्द्र खाती र छात्रा तर्फ उच्चतम अंक प्राप्त गर्ने प्रासना जोशीलाई नगद पुरुस्कार तथा प्रमाण पत्र प्रदान गरिएकोे छ ।
यस्तै बाल नृत्य प्रतियोगितामा स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत नगद तथा प्रमाण पत्र प्रदान गरिएको छ । बाल नृत्य प्रतियोगितामा जिल्ला सदरमुकाम खलंगास्थित विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
बाल नृत्य प्रतियोगितामा महेन्द्र नमुना मावि खलंगा प्रथम, एसियन एकेडेमी स्कुल द्धित्तिय, अमटिकर पब्लिक स्कुल तृत्तीय र दिब्य गुरुकुल स्कुलले सान्तवना स्थान हाँसिल गरेको छ । प्रथम हुने विद्यालयलाई ३ हजार, द्धित्तिय हुनेलाई २ हजार तृत्तीय हुनेलाई १५ सय नगद तथा प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै नृत्य प्रतियोगितामा सहभागि जनाउने प्रति विद्यालयलाई ५ सय नगद र प्रमाण प्रदान गरिएको छ ।
यस्तै महाकाली नगरपालिका वडा नम्बर ६ स्थित मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा पनि विभिन्न कार्यक्रम तथा प्रतियोगिता आयोजना गरी दिवस मनाइएको छ । यस्तै अभिभावक अन्तरक्रिया समेत गरिएको छ । 
जिल्ला सदरमुकाम खलंगास्थित विभिन्न सामुदायिक विद्यालयहरु तथा संस्थागत विद्यालयहरुले संयुक्त रुपमा राष्ट्रिय बाल दिवस मनाइएको हो । यस्तै विभिन्न बाल नृत्य लगायत विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
यस्तै जिल्लाका विभिन्न स्थानिय तहमा रहेको विद्यालयहरुले समेत राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरु सञ्चालन गरी दिवस मनाइएको विभिन्न स्थानमा रहेका हाम्रा सम्बादाताहरुले खबर पठाएका छन् । यसैबीच व्याँस गाउँपालिकाको आयोजनामा व्याँस गाउँपालिकामा पनि बालदिवस मनाइएको छ । बसन्तपुर मावि बसेडी, चौरीधार आधारभूत विद्यालय नाजी, मालिकार्जुन आधारभूत विद्यालय पन्तोली लगायतका विभिन्न विद्यालय कार्यक्रम तथा प्रतियोगिताको आयोजना गरी दिवस मनाएको छन् ।
यस्तै लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको हुनैनाथ मावि रातामाटामा पनि दिवस मनाइएको छ । त्यसैगरी गल्लाकेदार मावि खरकडामा पनि दिवस मनाइएको छ । बालक्लबका अध्यक्ष मानमती ठगुन्नाको अध्यक्षता एवं वडा नम्बर ४ का वडाध्यक्ष महेन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । बालक्लबलको आयोजनामा सञ्चालन गरिएको दिवसीय कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यय  विशिष्ट अतिथि रहनु भएको थियो । लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले समेत दिवसीय कार्यक्रममा मन्तब्य राख्नु भएको थियो । यस्तै खेलकुद तथा शिक्षा शाखाका प्रमुख मोहनदेव विष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष शंकरसिँह धामी लगायत शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
यस्तै जगन्नाथ बालक्लबले पनि शैल्यशिखर नगरपालिका वडा नम्बर ५ मा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बालदिवस मनाइएको छ । मालिकार्जुन गाउँपालिकाको आयोजनामा शंकरपुर मावि पस्तीको सह–आयोजनामा राष्ट्रिय बालदिवस मनाइएको छ । शंकरपुर बालक्लब अध्यक्ष कबिन्द्रसिँह धामीको अध्यक्षता एवं मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिँह साउँदको प्रमुख आतिथ्यतामा दिवस मनाइएको छ । यस्तै कार्यक्रममा स्रोत व्यक्ति राजेन्द्रसिँह सामन्त र विद्यालय व्यवस्थापन समिति अध्यक्ष किसनसिँह धामी विशिष्ट अतिथि रहनु भएको थियो ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ मा रहेको कृष्ण मावि डाडाँकोटमा पनि दिवस मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य लाल बहादुर पालको अध्यक्षता एवं नेपाली कांग्रेस बरिष्ठ नेता मदन गिरी प्रमुख अतिथि रहन भएको थियो ।
दुहू गाउँपालिका वडा नम्बर ४ धारी धारीपाटा मावि धारीमा वडाँध्यक्ष गोपालसिँह कार्कीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष पुलेन्द बहादुर कार्कीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको छ । वडा नम्बर ४ का वडासचिव राजु गुरुङ, मावि धारीका प्रधानाध्यापक केशब सिँह तिंकर विशिष्ट अतिथि रहनु भएको थियो । विभिन्न प्रतियोगिता तथा कार्यक्रमको आयोजना गरी दिवस मनाइको शिक्षक नरेन्द्रराज जोशीले जानकारी दिनुभयो ।
वडा नम्बर ३ को वडा कार्यालयको आयोजनामा गणेश मावि सिमलीमा बालदिवस मनाइएको छ । आधारभूत तह स्तरीय हाजिरी जवाफ लगायतका कार्यक्रम प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको छ । प्रथम मावि सिमली, द्धित्तिय जनविकास मावि बारबाँज र तृत्तीय पञ्चेश्वर बोर्डिङ स्कुल भएका छन् भने सान्तवना दुर्गास्थान आधारभूत विद्यालय खेती र लटीनाथ आधारभूत विद्यालय बोहरीगाउँ भएको वडाध्यक्ष वडाध्यक्ष लालबहादुर बमले जानकारी दिनुभयो ।
वडाध्यक्ष लालबहादुर बमको अध्यक्षतामा दिवसीय कार्यक्रम गरिएको थियो । विव्यस अध्यक्ष देवबहादुर बम, गाउँकार्यपालिका सदस्य मदनराम लुहार लगायत शिक्षक विद्यार्थीको सहभागिता रहेका थियो ।
दुहू गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयको आयोजनामा पीपलचौरी मावि बिणमा दिवस मनाइएको छ । आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइएको छ ।
वडाध्यक्ष जयबहादुर बमको अध्यक्षतामा एवं दुहू गाउँपालिकाका श्रोत व्यक्ति शेरसिँह ऐरीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको छ । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर बम र विद्यालयका प्रधानाध्यापक विशिष्ट अतिथि रहनु भएको थियो ।
बाल दिवसको अवसरमा राष्ट्रिय मावि ठिङमा रहेको बाल क्लबले तहगत प्रतियोगिता सञ्चालन गरेको छ ।
दिवसको अवसरमा विद्यालयमा रहेको सुन्दरपश्चिम बाल क्लबले आधारभुत तहमा २ र माध्यमिक तहमा १ प्रतियोगिता सञ्चालन गरेको हो । क्लबले आधारभुत तहको कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई सहभागि गराएर कविता प्रतियोगिता सञ्चालन गरेको छ भने कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई सहभागि गराएर निबन्ध प्रतियोगिता सञ्चालन गरेको छ ।
त्यसैगरी माध्यमिक तहको कक्षा ९ र १० लाई सहभागि गराएर क्लबले वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागिहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री प्रदान गरिएको शिक्षक शेरसिह सामन्तले जानकारी दिनुभएको छ ।
 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा