मीलमा काम गरिरहेका १३ वर्षिया बालक घाइते,,थप उपचारका लागि कोहलपुर रिफर ।।

नयाँ नेपाल समाचार, ३१ भाद्र दार्चुला ।
मीलमा काम गरिरहेका दार्चुलाका एक १३ वर्षिया बालक घाइते भएका छन् । घाइते हुनेमा महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका ईश्वर नगारीका छोरा वर्ष १३ का नवीन नगारी रहेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आफ्नै मील (चक्की)मा काम गरीररहेका १३ वर्षिया बालकको कमिज (सर्ट)को बाहुला मिलको सापटमा बेरिन गई नगारीको बायाँ हातमा गहिरो चोट लागेको थियो । कजिको बाहुला सापटमा बेरिदाँ बायाँ हातको कुहिना देखि काँखीमुनि सम्म गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते नगारीको थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली