साइकल यात्री ईश्वर महताको ७ नम्बर प्रदेशको यात्रा सफल,, कर्णाली प्रदेशको यात्रा तय ।।


नयाँ नेपाल समाचार १ असोज,दार्चुला ।
साइकल यात्री ईश्वर महताले ७ नम्बर प्रदेशको यात्रा सफल भएको छ । भाद्र १४ गते गृह जिल्ला दार्चुलाको महाकाली नगरपालिकाबाट नेपाल यात्रा थालेका साइकल यात्री ईश्वर महताले ७ नम्बर प्रदेशको नौ ओटै जिल्लाको भ्रणम सकेका छन् ।
मार्मा गाउँपालिका वडा नम्बर ६ शेरीका ईश्वरसिँह महताले ७ नम्बर प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरु चिनाउने उद्देश्यले भाद्र १४ गते दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट यात्रा थालनी गरेका थिए । दार्चुला हुदै बैतडी, हुदै डडेल्धुराको यात्रा सकेर तराईका जिल्ला कैलाली र कञ्चनपुर जिल्लाको यात्रा गरेका थिए । दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली कञ्चनपुरको यात्रा सकेर महताले डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाको यात्रा गर्नु भएको हो । आज बझाङ जिल्लाको यात्रा सम्पन्न भएसंगै ७ नम्बर प्रदेशका सबै जिल्लाको भ्रमण सम्पन्न भएकोे साइकल यात्री र्ईश्वर महताले बताउनु भयो ।
पर्यटन क्षेत्रको विकास गर्न सके मात्रै देश र समाजको समृद्धि सम्भव छ भन्ने मान्यताका साथ महताले ७ नम्बर प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो सहित साइकल यात्रा थालेका हुन् । “देशको समृद्धिको मुख्य आधार नेपालका सन्दर्भमा पर्यटन भएकाले ७ नम्बर प्रदेशका पर्यटकीय र धार्मिक स्थलहरुको प्रचार प्रसार आबश्यक ठाने, त्यसपश्चात् नेपाल साईकल यात्रा थालेको हुँ” साइकल यात्री महताले भन्नु भयो ।
साइकल यात्रा बाटै देशभरीका ७७ ओटै जिल्लाको भ्रमण गर्ने योजनाका साथ आज सुदूपश्चिमका नौ ओटै जिल्लाको भ्रमण सकेर कर्णाली प्रदेशको यात्रा तय गरेको उहाँले बताउनु भयो । रोजगारीको शिलशिलामा दशकौँ वर्ष विदेशमा विताए महताले स्वदेशमै सेवा गर्ने अरु विकल्प नपाए पछि साइकल यात्रा मार्फत् पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरु चिनाउन साइकल यात्रा थालेको बताउनु भयो । स्वदेशमा रोजगारीको अवसर नहुदाँ विदेशीन बाध्य महताले छिमेकी राष्ट्र भारतको साथ–साथै खाडी मुलुकहरु साउदी अरेबिया, कतार लगायतका देशमा समेत वर्षौ बिताएका छन् ।
विदेशमा बसेर समेत देशको हालत बारे आफू चिन्तित बन्नु पर्ने अवस्था आएको उहाँले सुनाउनु भयो । अहिलेको सरकारको मूल नारा समृद्ध नेपाल सुखी नेपाली बाट समेत प्रभावित भएर यात्रा थालनी गरेको बताउनु भयो । नेपालमै दार्चुला भन्दा कुन जिल्लामा पर्छ भनेर सोध्ने गरेको भन्दै दार्चुलाका  नाम र सिंगो ७ नम्बर प्रदेशको पहिचान देशभर चिनाउन आफूले साइकल यात्रा गर्ने निधो गरेको बताउनु भयो ।
एक महिना नपुग्दै उनले ७ नम्बर प्रदेशको यात्रा सम्पन्न गरेर उनले कर्णाली प्रदेशको दैलेख यात्रा तय गरेका छन् । यस्तै कर्णाली प्रदेशका पहाडी जिल्ला हुदै तराईका जिल्लाको भ्रमण सकेर प्रदेश नम्बर ७ को यात्रा गर्ने साइकल यात्री महताले बताउनु भयो ।
 

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको