विकास निर्माणको पुरानो परिपाटी त्याग्दै स्थानीय सरकार,, व्याँस गाउापालिकामामा उपभोक्ता समिति गठन सुरु ।।

नयाँ नेपाल समाचार,दार्चुला ।
विगतका दिनहरुमा गरिने विकास निर्माणका कार्यहरुमा स्थानीय सरकारले नौलोपन थप्न लागेको छ । विगतका दिनहरुमा विकास निर्माणका योजनाहरु असारे झरीमा हुने गरेको मा यो वर्षबाट स्थानीय सरकारले बेलैमा विकास निर्माण गर्ने संकेत देखाएको छ ।
व्याँस गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि प्राथमिकीकरण भएका विभिन्न विकास निर्माणका योजनाहरुको उपभोक्ता समितिको गठन गर्ने कार्यलाई सुरु गरेको छ । विगतका वर्षहरुमा आर्थिक वर्षको मध्यतिर अर्थात् माघ÷फागुन महिनामा उपभोक्ता समिति गठन गर्ने परिपाटी भएपनि व्याँस गाउँपालिकाले भने आर्थिक वर्षको तस्रो महिनामै उपभोक्ता समिति गठन गर्न थालेको छ । व्याँस गाउँपालिका वडा नम्बरमा विहीबार र शुक्रबार गरी विभिन्न विकास निर्माणका योजनाहरुको उपभोक्ता समिति गठन गरिएको वडा नम्बर ४ का वडाध्यक्ष संग्रामसिँह विष्टले जानकारी दिनुभयो । विहीबार र शुक्रबार गरी विभिन्न विकास निर्माणका योजनाहरुको ९ ओटा उपभोक्ता समिति गठन गरिएको वडाध्यक्ष विष्टले जानकारी दिनुभयो ।
विगतका वर्षहरुका उपभोक्ता समिति गठन गर्ने कार्यमा ढिलाई, अख्तिायारी आउनमा ढिलाई हुने लगायतका विभिन्न कारण असार मसान्तमा धेरैजसो योजनाहरु सम्पन्न गर्न निकै समस्या हुने गरेको थियो । त्यति मात्र नभई विकास निर्माणका योजनाहरु निर्माण गर्दा असारे झरीमा गर्ने प्रबृत्तिले विकास निर्माणका योजनाहरु गुणस्तरीय नहुने, हतारमा गरिएका योजनाहरु दिगो नहुने लगायतका विभिन्न समस्याहरु देखिने गरेको थिए । यस्तै विकास निर्माणको योजनाहरु सम्पन्न हुनमा ढिलाई अनुगमनमा समेत समस्या देखिएको थियो ।
स्थानिय सरकारको आएको पहिलो वर्ष अर्थात् गत आर्थिक वर्षमा समेत जिल्लाका सबैजसो स्थानिय तहमो सयौँ योजनाहरु असारे झरीमा निर्माण गरिएका छन् । गत आर्थिक वर्षमा निर्माण गरिएको विकास निर्माणका योजनाहरुमा पनि विगतकै शैलीलाई निरन्तरता दिइएको पाइएको थियो । यसरी स्थानीय सरकार आएपनि विकास निर्माणमा पुरानै शैली अपनाइएको भन्दै थुप्रै स्थानिय सरकारले तिखो आलोचना समेत सुन्नु परेको थियो । गत आर्थिक वर्षमा स्थानीय सरकारको पहिलो वर्ष भएकाले पनि पुरानै शैलीलाई अपनाउदाँ विभिन्न टिप्पणीको निशाना बन्न स्थानीय सरकार बाध्य थिए ।
गत वर्षमा थुप्रै विकास निर्माणका योजनाहरु चैत्र बैशाखको महिना उपभोक्ता समिति गठन गरि विकासे बजेट खर्च गरिएको छ । यसरी विकास निर्माणका लागि आएको सरकारी बजेट खर्च गर्नु मात्रै नभई त्यसको प्रतिफल र उपलब्धीको समेत स्थानीय सरकारले ध्यानदिनु पर्ने जानकारहरुको भनाई छ । लगानी गरे अनुसारको प्रतिफल वा उपलब्धी आए नआएको बारे स्थानीय सरकारले आत्म मूल्यांकन समेत गर्नुपर्ने जानकारहरुको तर्क छ ।
यसरी गत वर्ष समेत पुरानै शैली अपनाई एक वर्ष बिताएका स्थानीय सरकारले यो वर्ष भने केही नयाँपन ल्याएको छ । व्याँस गाउँपालिका वडा नम्बर ४ मा विकास निर्माणका योजनाहरुको उपभोक्ता समिति गठन प्रक्रिया सुरु गरेको छ । यसरी बेलैमा उपभोक्ता समिति गठन गरी विकास निर्माणका योजनाहरु निर्माण कार्यमा थालनी गरे विकास निर्माणका योजनाहरु दिगो र गुणस्तरीय हुनेमा स्थानीयहरु आशाबादी छन् । सरकारी बजेट खर्च गर्न असार महिना मात्रै पर्खिने पुरानो प्रबृत्तिलाई क्रमिक रुपमा व्याँस गाउँपालिकाले त्याग्दै जाने गाउँ कार्यपालिका सदस्य जयराम लुहारले जानकारी दिनुभयो ।
बेलैमा सही जनशक्तिलाई उपभोक्ता समिति बनाउनु पर्ने र बेलैमा विकास निर्माणका योजनाहरु गुणस्तरी गर्नु पर्ने जानकारहरुको सुझाव छ । विभिन्न प्लास्टर तथा कंक्रिट गर्नुपर्ने जस्ता विकास निर्माणका योजनाहरु झरी सुरु हुनुपूर्व नै निर्माण कार्य सम्पन्न गर्न सके झन् गुणस्तरीय हुने उनीहरुको भनाई छ ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री