विषाक्त रक्सीबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो

नयाँ नेपाल समाचार, दार्चुला ।
मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । यसअघि विषाक्त मदिरा सेवनबाट ६ जनाको ज्यान गएकोमा थप दुईको उपचारका क्रममा मृत्यु भएको हो ।
मलेसियास्थित नेपाली राजदूतावासका अनुसार उपचारका क्रममा ज्यान गुमाउनेमा देउराली–८, नवलपरासीका दुर्गा राना र वागमती नगरपालिका–८, सर्लाहीका शंकर ठकुरी छन् । रानाको सुगाईवुला र ठकुरीको सेरेम्वान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अवैधानिक अवस्थामा रहेका ठकुरीले  अस्पतालमा उपचार गराउँदा सुवास भण्डारीको परिचय दिएका भए पनि उनको खास नाम शंकर ठकुरी रहेको उनका एक आफन्तले अनलाइनखबरलाई बताए ।
यसैबीच, विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ मध्ये चार जनाको अवस्था अझै छ गम्भीर छ । दूतावासका अनुसार सात जनाको स्वास्थमा भने सुधार भएको छ । सेरेम्वान अस्पतालमा उपचारपछि एक नेपाली भने फर्किएका छन् । ती नेपालीले नाम उल्लेख नगर्ने सर्तमा अब रक्सीको नाम पनि नलिने बताए ।

अनलाइन खबर डट कमबाट साभार ।।

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को