१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार
१४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा थ्रीस्टारले झापा ११ लाई ३–१ ले हराएर अन्तिम ८ मा पुगेको छ । थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले २ तथा मार्टिनले १ गोल गरे । झापाका लागि कर्ण लिम्बूले १ गोल फर्काए । थ्रीस्टार क्लबले १४ महिनापछि पहिलो प्रतियोगिता खेलेको हो । एन्फाको लापरवाहीका कारण एएफसीकपको दोस्रो चरण खेल्न नपाएपछि दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै थ्रीस्टारले पोहोरको कात्तिकदेखि कुनैपनि प्रतियोगिता खेलेको थिएन । गएको असोजमा एन्फाबाट डेढ करोड रुपैयाँ क्षतिपुर्ति पाउने सहमति भएपछि थ्रिस्टारले प्रतियोगितामा भाग लिएको हो । प्रतियोगितामा भाग लिन जानेक्रममा ललितपुरमा भएको विदाइमा थ्री स्टार क्लवका महासचिव सञ्जिव शिल्पकारले थ्रीस्टार क्लब ‘सुदूरपश्चिमबाट उदाउने’ बताउनुभएको थियो । प्रतियोगितामा आइतबार धरान फुटबल क्लबलाई हराउँदै संकटा अन्तिम ८ मा पुगेको छ ।
 

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको

सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा

अञ्जन बिष्टको उत्कृष्ट गोल मद्दतमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको