नेकपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज र अध्यक्ष,, ७ नम्बर प्रदेशको इन्चार्जमा रावल, अध्यक्षमा थापा चयन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७ नम्बर प्रदेश इन्चार्ज र अध्यक्षको टुंगो लगाएको छ । नेकपाको आज बसेको सचिवालय बैठकले ७ नम्बर प्रदेश कमिटिको जिम्मेवारी बाँडफाँड गरेको हो ।
७ नम्बर प्रदेशमा नेकपाले इन्चार्जमा भीम रावल, सहइन्चार्जमा लक्ष्मणदत्त जोशीलार्ई जिम्मेवारी दिएको छ । यस्तै ७ नम्बर प्रदेश कमिटिको अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा नेप बहादुर चौधरीलाई जिम्मेवारी दिएको नेकपा नेता गणेशसिँह खत्रीले बताउनु भयो । तत्कालिन नेकपा एमाले र आमोबादीबीच पार्टी एकीकरण भएपछि प्रदेश कमिटि तथा जिल्ला कमिटिमा जिम्मेवारी बाँडफाँड गरिएको रहेको छ । सचिवलय बैठकले आज प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ को प्रदेश कमिटिको बाँडफाँड टुङ्ग्याएसंगै ७ ओटै प्रदेशको टुंगो लागेको हो । अन्य प्रदेशको यसअघि नै टुंगो लगाई सकेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवयलय बैठकले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ को टुंगो लगाएको हो ।
यस्तै विभिन्न जिल्लाको जिल्ला कमिटि समेत टुंगो लगाएको नेकपाले अझै विभिन्न जिल्लामा जिल्ला कमिटिको टुंगो लगायन बाँकी रहेको छ । यस्तै दार्चुलामा पनि जिल्ला कमिटिमा तत्कालिन माओबादी जिल्ला संयोजक गणेशसिँह खत्रीलाई जिल्ला अध्यक्ष र सचिवमा तत्कालिन एमाले उपाध्यक्ष उदयसिँह बडालको नाम चर्चामा रहेको छ । जिल्ला कमिटिको टुंगो लगायन पनि केन्द्रमा छलफल भइरहेको नेकपा नेता गणेश खत्रीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव बमोजिम पार्टीको जिम्मेवारी तोकिएको हो ।
प्रदेश नं १ को इन्चार्जमा भीम आचार्य, सहइन्चार्जमा सावित्री काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त भएका छन् । त्यसैगरी प्रदेश नं २ को इन्चार्जमा सत्यनारायण मण्डल, सहइन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेल चयन भएका छन् । प्रदेश नं ३ को इन्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य र सहइन्चार्जको नारायण दाहालले पाएका छन् भने प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेल चयन भएका छन् । त्यस्तै गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपालीले चयन भएका छन् ।
त्यसैगरी प्रदेश नं ५ को इन्चार्जको जिम्मा शङ्कर पोखरेल र सहइन्चार्जमा दलबहादुर रानाले पाएका छन् भने पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रशाद शर्मा नियुक्त भएका छन् । कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा र सहइन्चार्जमा यमलाल कँडेल तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा चयन हुनुभएको छ । गत जेठ ३ गते साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछिको यो निर्णयलाई महत्वपूर्ण उपलब्धीका रुपमा हेरिएको छ । देशका ७७ जिल्ला र जनवर्गीय संगठनको एकतासम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री