स्वास्थ्य तथा शारीरिक शिक्षाको सम्भाव्यता अध्ययन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
यो शैक्षिक सत्रबाट दार्चुला बहुमुखी क्याम्पसले सुरु गर्न लागेको स्नातक तहको स्वास्थ्य तथा शारीरिक शिक्षाको सम्भाव्यता अध्ययन गर्न विश्वविद्यालयका प्रतिनिधि दार्चुला पुगेका छन् ।
क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा समायोजन भएपछि दार्चुला बहुमुखीले स्नातक तहमा स्वास्थ्य तथा शारीरिक शिक्षासमेत अध्यापन गराउने योजना बनाएपछि विश्वविद्यालयले सम्भाव्यता अध्ययन गरेको हो ।
सम्भाव्यता अध्ययन गर्न विश्वविद्यालय शिक्षाशान्त्र डिनको कार्यालयबाट उपप्राध्यापक हरिशसिह सामन्त दार्चुला बहुमुखी क्याम्पस आइपुगेका हुन् ।
सम्भाव्यता अध्ययन गर्न क्याम्पस पुगेका सामन्तलाई क्याम्पस परिवारले स्वागत पनि गरेको छ । उपप्राध्यापक सामन्तलाई स्वागत गर्न क्याम्पस प्रमुख कृष्णसिह साउँदको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा क्याम्पसका तर्फबाट उपप्राध्यापक सामन्तलाई अल्लोबाट बनेको नेपाली टोपी पहिर्याएर स्वागत गरिएको थियो । अंग्रेजी शिक्षण समितिका अध्यक्ष डम्मरसिह साउँदले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम उपप्राध्यापक धाना धामीले सञ्चालन गरेका थिए ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली