सांसद ठगुन्नाद्धारा विद्युतीकरणका लागि माग, विद्युतीकरणमा कम पहल भएको स्थानीयको गुनासो ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
मार्मा, अपिहिमाल र नौगाढ गाउँपालिकामा विद्युतीकरणका लागि पहल गर्दै आएका संघीय संसदका सांसद गणेशसिह ठगुन्नाले ती क्षेत्रमा विद्युतीकरणको प्रयास थोरै गरेको स्थानीयले गुनासो गरेका छन् ।
२०७४ साउनमा तीनवटै गाउँपालिकामा विद्युतीकरण हुनु पर्ने भन्दै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका सांसद ठगुन्नाले पछिल्लो पटक अपिहिमाल गाउँपालिका, मार्माको मुर्रै गोल्फा र नौगाढको सैन बस्तिमा मात्रै विद्युतीकरणका लागि पहल गरेको भन्दै स्थानीयले गुनासो गरेका हुन् ।
जिल्लाको सडक निर्माण, खानेपानी, सञ्चार र विद्युतीकरणका लागि पहल गर्दै आएको सांसदले आफूहरुलाई बिर्सिएको मार्मा गाउँपालिका वडा ६ सेरी मौरेका शेरसिह कोट्टारीले बताउनु भयो । मार्मा र नौगाढ गाउँपालिकाका अधिंकास बस्तिहरु विद्युतविहीन छन् तर केही बस्तिका लागि मात्रै पहल भएको सुन्दा आफूहरु दुखित भएको सोही वडाका दलजितसिह कोट्टारी बताउँछन् ।
‘विद्युतीकरणको कार्यक्रम सञ्चालनका लागि तत्कालीन उर्जा मन्त्रालयलाई मार्मा, नौगाड र अपी हिमाल गाउँपालिकामा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्न दबाव दिने सांसद ठगुन्नाले अहिले बिर्सिनु भएको छ ।’ स्थानीय शिक्षक समेत रहेका दल्जीत कोट्टारीले भन्नुभयो ।
न सांसदबाट संम्बोधन, न चमेलिया जलविद्युत्बाट !
प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाको एक वर्ष पहिलेको निवेदनले बत्ती बाल्ने आश पलाएको मार्मा गाउँपालिकाका स्थानीयहरु सांसदको दोस्रो पटकको पहलबाट निराश हुनु पर्ने अवस्था आएको उनीहरुको भनाई छ । पहिलो पटक ३ ओटा गाउँपालिकामा ग्रामीण विद्युतीकरण गर्न माग गरेसंगै बत्ती बाल्ने आशमा रहेका मार्मा गाउँपालिका वडा नम्बर ६ का स्थानीय शेरसिँह कोट्टारीले बताउनु भयो । पहिले ३ गाउँपालिकामा विद्युतीकरण गर्न माग गरेपनि दोस्रो पटक पहल गर्दा २ बस्ती र एउटा गाउँपालिकाको लागि मात्रै माग गरेसंगै स्थानीयमा निराशा छाएको हो ।
चमेलिया जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्र मानिने मार्मा गाउँपालिका ६ साविकको शेरी गाविसका स्थानीयहरुले हालसम्म बत्ती पाल्न नपाएको शेरीका अर्का स्थानीय दल्जित कोट्टारीले बताउनु भयो । चमेलिया जलविद्युत् आयोजनाले नियमित विद्युत् उत्पादन गरि राष्ट्रिय प्रशारण लाईनमा समेत जोडिएको बेला प्रभावित क्षेत्रहरुमा भने विद्युतीकरण गर्न सकिएको छैन । यस्तै चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गर्ने बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिना भित्र प्रभावित क्षेत्रमा विद्युतीकरण कार्य सञ्चालन गर्न निर्देशन दिएका थिए । तर ७ महिना बितिसक्दा समेत विद्युतीकरण भइसकेको छैन ।
एक वर्ष पश्चात् सांसद ठगुन्नाको निवेदनका आधारमा विद्युत् प्राधिकरणले विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय अत्तरियालाई अध्ययन गरी कार्य सञ्चालनका लागि पेश गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
थालिगाढ सबस्टेशन अविलम्ब सञ्चालनका लागि माग
लामो समयदेखि निर्माणाधीन थालिगाड सबस्टेशन अविलम्ब सञ्चालनका लागि समेत प्रतिनिधिसभा सांसद ठगुन्नाले माग गर्नु भएको छ । ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालनको मागसंगै महाकाली नगरपालिकाको धापको थालिगाढ सब स्टेशन यथाशिघ्र सञ्चालनका लागि समेत माग गरेका छन् ।
चमेलिया जलविद्युत् आयोजनाको विद्युत् दार्चुलामा प्रयोग गर्नका लागि निर्माण गर्न लागिएको थालिगाढ सबस्टेशन लामो समय सम्म निर्माण गर्न सकिएको छैन । थालीगाढ सबस्टेशन निर्माण कार्य बेलैमा सम्पन्न भएको भए दार्चुलाबासीले जिल्लामा उत्पादन भएको विद्युत् बाल्ने अवसर पाउथे । तर थालीगाढ सवस्टेशन र गोकुलेश्वर–थालीगाड विद्युतलाईन तान्ने काम हुन सक्दा जिल्लामै उत्पादन भएको विद्युत बाल्नबाट दार्चुलाबासी बञ्चित छन् । थालीगाड सबस्टेशन र गोकुलेश्वर–थालीगाडको प्रशारण लाईन विस्तार कार्य बेलैमा सम्पन्न भएको भए चमेलिया जलविद्युत् अयोजनाले उत्पादन गरेको विद्युत दार्चुलाबासीले प्रयोग गर्न सम्भावना थियो । तर सवस्टेशन र प्रशारण लाईन तान्ने कार्य ढिलाई हुदाँ जिल्लामा उत्पादित विद्युत् जिल्लाबासीले नै प्रयोग गर्न पाइरहेका छन् ।
प्रतिनिधिसभा सांसद ठगुन्नाले दार्चुला जिल्लाभरी राष्ट्रिय प्रशारण लाईन विस्तारका लागि समेत माग गरेका छन् । नेपाल विद्युत प्राधिकरणले प्राधिकरण क्षेत्रीय कार्यालयलाई अनुसन्धान गरी कार्य सञ्चानका लागि पेश गर्न निर्देशन दिएको छ ।