नेपाल दुई ढुंगाबीचको तरुल नभई डाइनामिट बन्नु पर्छ : वडाध्यक्ष धामी ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
व्याँस गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मंगलसिँह धामीले नेपाल दुई ढुंगाबीचको तरुल नभई दुई ढुंगाबीचको डाइनामिट बन्नु पर्ने बताउनु भएको छ । व्याँस गाउँपालिकाद्धारा सञ्चालित खर छाना मुक्त कार्यक्रम अन्तरगत जस्ता पाता वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष धामीले यस्तो बताउनु भएको हो ।
विगतमा राजा, शासकहरुले नेपाललाई दुई ढुंगाबीचको तरुल भनि चिनाउने गरेकोमा अब दुई ढुंगाबीचको तरुल नभई डाइनामिट बन्नु पर्ने वडाध्यक्ष मंगलसिँह धामीको भनाइ छ । दुई ढुंगाको बीचमा तरुल भएर नभई डाइनामिट बने ती ढुंगाहरु पनि फुलको थुंगा बन्ने धारणा वडाध्यक्ष धामीले व्यक्त गर्नु भएको छ । 
नेपाल दुई ठुला शक्तिशाली राष्ट्र चीन र भारतको विचमा रहेकाले तत्कालिन राजा तथा शासकहरुले नेपाललाई दुई ढुंगाबीचको तरुल भन्ने गरेका थिए । दुई ढुंगाबीचको तरुल जस्तै नेपाल पनि बढ्न नसक्ने उनीहरुको भनाई थियो ।
तर वडाध्यक्ष धामीले भने नेपाल अब डाइनामिट बन्नु पर्नेमा जोड दिनु भएको छ । डाइनामिट बने ती दुबै ढुंगाहरु पनि फुलको थुंगा बन्ने भएकाले फुटेर नभई जुटेर देश र समाज बनाउने बेला आएको उहाँको भनाई थियो ।

सुदुरपश्चिमको पर्यटनमा पूर्णागिरि र सिद्धबाबा 

मैले शुक्लाफाँटा वन्यजन्तु आरक्षछेउमा जंगल रिसोर्ट शुरु गर्दा एक करोड लगानी गरेको थिएँ । चार वर्षमा बढाएर डेढ करोड पुर्‍याएको छु । शुरुवाति दिनमा

नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्तअन्तत्र्रिmया कार्यक्रम सम्पन्न

दार्चुला समाचार ,, नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्त आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय सरकारमा मिडियाको भूमिका विषयक

चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन् ,,दार्चुलाबासीलाई हर्ष न विस्मात् ।।

दार्चुला समचार ,, ११ वर्ष वर्ष पश्चात् निर्माण सम्पन्न भई चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरिएको छ । तर चमेलियाको बिजुली दार्चुलाबासीले

एउटै योजनाको सुरुवात गर्ने र उद्घाटन गर्ने पहिलो व्यक्ति मै हुँ ः देउवा ।।

दार्चुला समाचार ,, प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको सुरु आफुले गरेको बताउदै आफुले नै आयोजनाको उदघाटन गर्ने अवसर पाएको