अपी नाम्पाले राजश्व बढायो, जडिबुटीको व्यापारमा फेरबदल ।।


नयाँ नेपाल समाचार, दार्चुला ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष अपी नाम्पा संरक्षण क्षेत्रले ४० लाख बढी राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७३÷०७४ को तुलनामा गत आर्थिक वर्ष २०७४÷०७५ मा संरक्षण क्षेत्रले ४० लाख २४ हजार ५ सय ५ रुपैयाँ बढी संकलन गरेको हो ।
विभिन्न शीर्षकमा गत आर्थिक वर्षमा संरक्षण क्षेत्रले २ करोड ४४ लाख १४ हजार ९६ रुपैयाँ राजश्व संकलन गरेको छ भने अघिल्लो वर्ष २ करोड ३ लाख ८९ हजार ५ सय ५१ रुपैयाँ राजश्व संकलन गरेको छ । 
गत आर्थिक वर्ष संरक्षण क्षेत्रले वन तथा वन पैदावार बिक्रीबाट २ करोड ४२ लाख ११ हजार १ सय ७१ रुपैयाँ राजश्व संकलन गरेको थियो भने पर्वतारोहण र पदयात्रा स्वीकृति शुल्कबाट १ लाख २२ हजार ३० रुपैयाँ संकलन गरेको थियो । त्यसैगरी प्रशासनिक शुल्क र न्यायिक दण्ड, जरिवाना र जफलबाट पनि राजश्व संकलन गरेको सुचना अधिकारी तपिल कुमार विश्वकर्माले जानकारी दिनुभएको छ ।
संरक्षण क्षेत्रले सबैभन्दा बढी राजश्व वन तथा वन पैदावार बिक्रीबाट गर्ने गर्दछ । वन पैदावारहरुमध्ये पनि सबैभन्दा बढी आय यार्सागुम्बाबाट गरिने संरक्षण क्षेत्रले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा यार्सागुम्बा निकासीबाट संरक्षण क्षेत्रले १ करोड ६७ लाख २५ हजार र प्रवेश शुल्कवाफत २९ लाख ७६ हजार राजश्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा निकासीबाट १ करोड ९१ लख तथा प्रवेश शुल्कवाफत ४७ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।
जडिबुटीको व्यापारमा फेरबदल
निरन्तर संरक्षण क्षेत्रको आय वृद्धि गर्ने एकमात्र वन पैदावार यार्सागुम्बा मात्रै देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४÷०७५ मा यार्सागुम्बाको निकासीमा संरक्षण क्षेत्रले  २३ लाख ७५ हजार बढी रुपैयाँ राजश्व संकलन गरेको छ भने प्रवेश शुल्कबाफत पनि १७ लाख ६७ हजार बढी रुपैयाँ राजश्व संकलन गरेको देखिन्छ ।
यार्साजस्तै सतुवा, वन लसुन र साधारण च्याउले मात्रै राजश्व बढाउन सहयोग गरेको भएपनि अन्य जडिबुटीहरुको निकासी समान हुन नसकेकाले अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा ती जडिबुटीको निकासीबाट कम राजश्व संकलन भएको देखिन्छ । आर्थिक वर्ष २०७३÷०७४ मा ९९ हजारको निकासी भएको जटामसी आर्थिक वर्ष २०७४÷०७५ मा कति पनि निकासी भएन । अघिल्लो आर्थिक वर्ष ७५ हजार ३ सय ५० रुपैयाँ राजश्व तिरेर निकासी भएको पाषण वेद आर्थिक वर्ष २०७४÷०७५ मा ४० हजारको मात्रै निकासी भयो । त्यस्तै अघिल्लो वर्ष ३१ हजारको निकासी भएको सेतकचिनी पछिल्लो वर्ष ४ हजार ५ सयको मात्रै निकासी भएको देखिन्छ भने अघिल्लो वर्ष ८१ हजार ३ सयको निकासी भएको कुटकी पछिल्लो आर्थिक वर्षमा ३ सय रुपैयाँको मात्रै निकासी भएको देखिन्छ ।
अल्लो, गुच्ची च्याउ, तिरइतो र टिमुर भने अघिल्लो आर्थिक वर्षमा निकासी हुन पाएको थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा १९ हजारको अल्लो, ६० हजारको गुच्ची च्याउ, १ हजार ५ सयको चिराइतो र ८ सयको टिमुर निकासी भएको अपी नाम्पा संरुक्षण क्षेत्र कार्यालय दार्चुलाका सुचना अधिकारी तपिल कुमार विश्वकर्माले जानकारी दिनुभयो ।
संकलक र व्यापारीहरुले जडिबुटीको संकलन गरि राख्ने र मुल्य बढेको बेला मात्रै निकासी गर्ने भएकाले निकासीबाट आएको राजश्व यसरी थपघट देखिएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्ना बताउँछन् ।
 

खलंगा बजारमा तरकारी र खाद्यान्नको मूल्य घट्यो, ग्याँसमा २५ रुपैँयाले मूल्य बृद्धि।।

दार्चुला समाचार ,, पछिल्लो सयम दार्चुला बजारमा तरकारी र खाद्यान्नको मूल्य घटेको छ भने ग्याँसको मूल्य २५ रुपैँयाले बढेको छ । दार्चुला बजारको मूल्य

स्थानीय सरकारमा पनि विस्थार हुन सबै सहकारीहरुलाई नगर प्रमुख भट्टको अग्रह ।।

दार्चुला समाचार,, दार्चुला जिल्लामा रहेका सबै सहकारीहरुलाई स्थानीय तहमा गई सबैजनतालाई सेवादिने खालको काम गर्न सबै सहकारीहरुलाई महाकाली नगरपालीकाका

अल्लो प्रसोधन मेसिन र भवन हस्तान्तरण, , अल्लो उत्पादन बजारीकरणमा जोड। ।

दार्चुला समाचार ,  नौगाड गाँउपालिकाको वडा नम्बर २ गोधानीमा लघु उद्यमीहरुलाई अल्लो प्रसोधन मेसिन र भवनहरु आज हस्तान्तरण गरिएका छन् । उद्योग

निर्देशिका विपरित यार्सा संकलनको निर्णय, अपिनाम्पा र गाँउपालिका दुबैले कर नउठाउने सहमति !

नयाँ नेपाल समाचार दार्चुला । दार्चुलामा जेठ ६ गतेको एक बैठकले यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ को व्यवस्था विपरित निर्णय गरेको छ । जिम्मेवार